मलेसियाको मसाज सेन्टरबाट नेपाली युवतीहरु पक्राउ

506

मानव तस्करहरुले मलेसियाका मसाज सेन्टरमा नेपाली युवती पठाउने गरेको रहस्य खुल्न थालेको छ ।
पर्यटक भिषामा यसरी तस्करहरुले युवतीलाई मलेसियाका विभिन्न मसाज सेन्टरमा पठाउन यौन कार्यका लागी पठाएको खुलेको हो । मलेसियाको सेलेङ्गर राज्य स्थित एक मसाज सेन्टरवाट यहाको अध्यागमन विभागले विभिन्न देशका सहित ३ नेपाली युवतीलाई पक्राउ गरेको छ ।

आइतवार साझ अध्यागमन विभागले गरेको विशेष अप्रेसनमा उनीहरु पक्राउ परेका हुन् । नेपाली सहित भियतनामी,थाइल्याण्ड ,कम्वोडीयन युवती पक्राउ परेका हुन् । पक्राउ परेका हरु नेपाल वाट पर्यटक भिषामा मलेसिया पुगेका हुन् ।
उनीहरु लाई मलेसियाको अध्यागमनले नियन्त्रणमा लिएर कारवाहिको प्रक्रिया थालिएको मलेसियाका संन्चार माध्यमले जनाएको छ ।