निर्वाचन आयोग देशी बिदेशी शक्तिको तुरुप बन्यो : राई

435

भक्तपुर । नेकपा एमालेको युवा नेता एवं पूर्व मन्त्री शेरधन राईले निर्वाचन आयोग अदृश्य शक्तिको प्रभावमा परेको आरोप लगाउनु भएको छ ।
रफत सञ्चार क्लबमा आयोजीत साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले निर्वाचन आयोगको पछिल्लो गतिबिधिलाई नियाल्दा देशी बिदेशी शक्तिको तुरुपको र संबिधानको मर्म बिपरित गएर काम गरिरहेको आरोप लगाउनु भएको हो ।
उहाँले बर्तमान देउवा सरकाले जनआदेश र संबिधान बिपरित गएर आफ्नो आयु लम्बाउने काम गरेको भन्दै उसले गरेका हरेक महत्वपूर्ण बिषय अव बन्ने बाम गठबन्धनको सरकारलाई मान्य नहुने बताउनु भयो ।
बामगठबन्धन टुटाउन देशी बिदेशी शक्ति लागिपरेको बताउँदै उहाँले भन्नु भयो जनताले पार्टी एकिकरण गर्न नसके पनि न्यूनतमा पाँच वर्ष सत्ता सञ्चालनका लागि जिम्मेवारी प्रदान गरेकोले अव एमाले र माओबादी यसबाट पछि हट्न सक्दैनन् ।
एमाले अध्यक्ष केपी शर्मा आली र माओवादी अध्यक्ष प्रचण्डको बिकल्प नभएको भन्दै उहाँले नयाँ पुस्ता सक्ष्म भएता पनि बाम गठबन्धन भित्र केही ब्यक्तिहरुले नयाँ पुस्ताको प्रधानमन्त्रीमा दाबी भन्ने समय सापेक्ष नरहेकोे बताउनु भयो ।
प्रदशे सरकारका लागि सबै भन्दा ठूलो बिषय आर्थिक पाटो रहेको बताउँदै समस्याहरु रहेता पनि यसको समाधान गर्न आफ्नो स्रोत साधनको उपयोग र भ्रष्टाचार मुक्त देश तर्फ बढ्न नसके थप जटिलता निम्ताउने दाबी गर्नु भयो ।
अव केहि समयमै बन्ने प्रदेश नं एकको प्रदेश तर्फको मुख्य मन्त्री आफू बन्ने भन्दै त्यसका लागि आफू सम्पूर्ण रुपमा तयार रहेको उहाँले बताउनु भयो ।