काठमाडौं । मधेश आन्दोलनको छानविन प्रतिवेदन सरकारलाई बुझाएको महिनौं दिन हुँदा पनि सरकारले सार्वजनिक गरेको छैन । उक्त प्रतिवेदन सार्वजनिक गर्न विभिन्न पक्षले दवाव दिदासमेत सरकार मौन रहेको छ ।
यसैबीच राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले मधेश–थरुहट आन्दोलन सम्बन्धी छानविन प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।
पूर्वन्यायाधीश गिरिश चन्द्र लाल नेतृत्वको छानविन आयोगले सरकारलाई प्रतिवेदन बुझाइसकेको छ ।
राजपाको अध्यक्ष मण्डलको बैठकले प्रतिवेदन सार्वजनिक नहुँदा विभिन्न शंका उपशंका उत्पन्न भएको भन्दै तत्काल सार्वजनिक गर्न माग गरेको हो ।
बैठक पछि राजपाले जारी गरेको विज्ञप्तीमा तत्कालै प्रतिवेदन सार्वजनिक गर्न माग गरिएको छ ।
बैठकले मधेशका सितलहर पीडितका लागि तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेको राजपाका नेता सुरेश मण्डलले बताए । चिसोका कारण हालसम्म ४० जना भन्दा बढीको मृत्यु भइसकेको छ । मृतकहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै राजपाले पीडित परिवारलाई राहत उपलब्ध गराउन माग गरेको उनले बताए ।







































