दक्षिण कोरिया
दक्षिण तथा मध्य एसियाका कुल सोह्र राष्ट्रबाट रोजगार अनुमती प्रणाली मार्फत बार्षिक पचास हजार भन्दा बढी आप्रवासी कामदारको आपुर्ति गरिरहेको दक्षिण कोरिया सरकारको श्रम मानव अधिनियम ऐन र दुर्घटना बिमा अधिनियम ऐन ले आप्रवासी बैधानिक तथा अबैधानिक कामदार र कोरियाली कामदार दुबैलार्ई औधोगिक दुर्घटना पश्चात पाउनुपर्ने क्षतिपूर्तीलाई बिभेद नगरी श्रम मन्त्रालयको क्षतिपूर्ती दाखिला फारम बिनापनि समानरुपमा क्षतिपूर्ती पाउन योग्य रहेको घोषणा गरेको छ ।
अबैधानिक आप्रवासी कामदार औधोगिक दुर्घटनामा परेको खण्डमा रोजगारदाताले प्रमाण अपुगको साथै अस्पतालका नर्शहरुले रोजगारदाताको अनुरोधमा घटनालाई लुकाउने गरेका र औधोगिक दुर्र्घटनाबाट राज्यको बीमा योजनामा दाखिला गर्नुपर्ने उच्च क्षतिपूर्ती रकम भुत्तानी गर्नबाट बच्न साथै कामदारको भाषा अज्ञानताको कारण देखाउँदै दुर्घटना पश्चात पाउँनु पर्ने औषधोपचार र उपचारका क्रमको कुल मासिक न्युनतम ज्याला दिन र्ईन्कार गरेका घटना सर्बेक्षणका क्रममा प्राप्त गरेका कारण सरकारले समान रुपमा क्षतिपूर्ती भुत्तान योजनालाई कार्यान्वयन गर्ने योजना बनाएको जनाएको छ ।
कोरियाको श्रम ऐनमा आप्रबासी अबैधानिक कामदारलाई रोजगार दिने रोजगारदातापनि कारबाहीको भागिदार बन्ने नियम हुँदाहुँदै सरकारको ऐन नियमको परिपालन नगरि अबैधानिक कामदारलाई रोजगार दिलाउँने रोजगारदाताहरुलार्ई अनिवार्य जरिवाना लक्षित गरि कानुन परिर्माजन सहित समान दुर्घटना क्षतिपूर्ती योजना ल्याईएको र यस नियमबाट अबैधानिक कामदारको समस्या हट्न मद्दत पुग्ने र बैधानिक कामदारको आपूर्तीमा बृृद्धि गरिने सरोकारवालाको दाबी छ ।