संखुवासभा ।
संखुवासभाको मकालु गाउँपालिकामा जिप दुर्घटना हुँदा गाउँपालिका अध्यक्ष खड्ग कटुवालसहित ५ जनाको मृत्यु भएको छ ।
मकालु गाउँपालिकातर्फ जाँदै गरेको बा ५ च १३१९ नम्बरको जिप गढीबजार नजिकै दुर्घटनामा परेको हो । स्थानीय तह निर्वाचनमा कटुवाल नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।
दुर्घटनामा मृतकहरुमध्ये कटुवाल र अर्का व्यक्ति सुरेश राईको मात्रै सनाखत भएको जिल्ला प्रहरी कार्यालय, संखुवासभाले जनाएकाे छ ।