काँगेस बैठकको मिति तोकियो, देउवालाई चार गुटको चुनौती

193

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् ।
प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा केन्द्रीय समितिको बैठक बस्दैछ । बैठकमा पार्टीमा मौलाउदो गुटगत राजनीति सँगै चुनावी हारको समीक्षासमेत हुने अनुमान छ । पार्टी सभापतिले सरकारको नेतृत्व गरेको भेला काँग्रेसले भोग्नुपरेको पराजयले पार्टीभित्र र बाहिर तरंग ल्याईरहेका बेला शुरु हुदैं गरेको बैठकलाई महत्वका साथ हेरिएको छ ।

सिंह, कोईराला, र सिटौला गुटको आतंक, गोप्य भेलाले त्रसिदैं देउवा

स्थानीय तहको निर्वाचन लगत्तै भएको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा सर्मनाक पराजयपछि तत्काल बैठक डाकेर समीक्षा गर्न कांग्रेस नेतृत्वमाथि तीव्र दबाब पर्यो । निर्वाच्नमा उम्मेदवार नमिलाएको पैसासँग टिकट साटेको, युवाहरुलाई टिकट नदिएको जस्ता दर्जनौं प्रश्न बोकेर नेताहरु आफ्ना असन्तोष व्यक्त गर्न कुरिरहेका छन् । तर, सभापति शेरबहादुर देउवाले राष्ट्रिय राजनीतिमा सरकारले गर्नुपर्ने दायित्वमा अल्झिएको भन्दै केन्द्रीय समिति र महासमितिको बैठकको मागलाई लत्याउँदै आएका छन् । यसको असर एकपछि अर्को गर्दै देखिन थालेका छन् ।

कतिसम्म भने देउवा टिममैं रहेका नेताहरुले अर्को गुटका नेताहरुसँग मिलेर पार्टी नेतृत्वविरुद्ध भेला गरिरहेको एकपटक होइन, आधा दर्जन पटक भइसकेको छ । १३ औं महाधिवेशनबाट देउवा क्याम्प छिरेका चन्द्र भण्डारीले नेतृत्व गरेको सात जना टिममा गगन थापा, विश्वप्रकाश शर्मा, गुरु घिमिरे, धनराज गुरुङ, प्रदीप पौडेल र बद्रि पाण्डे छन् । यसमा रहेका विश्वप्रकाश देउवा गुटकै हुन् । तर, उनलाई दुई दिन देउवाले पार्टी प्रवक्ताको जिम्मेवारी दिएका छन् । तर, पनि युवा नेता थापा, घिमिरे, गुरुङ, पौडेल, पाण्डेसँग यो लाइनमा जीवन परियार र उमेशजंग रायमाझी जस्ता युवा नेता पनि थपिएका छन् ।

प्रमुख गुटकै हेविवेटको झड्का देउवाले युवा नेताहरुको भेलालाई लक्षित गर्दै विश्वप्रकाशलाई प्रवक्ता बनाए लगत्तै प्रमुख गुटकै शीर्ष नेताहरुले भेला गरी सभापति देउवामाथि दबाब बढाएका छन् । यसको अगुवाई देउवा गुटमा रहेका तर, असन्तुष्ट बनिरहेका अर्जुननरसिंह केसीले गरेका हुन् । केसीले बुधबार रामचन्द्र पौडेल गुटमा रहे पनि असन्तुष्ट रहेका प्रकाशमान सिंह र डा। शेखर कोइरालाका साथै कृष्णप्रसाद सिटौलालाई समेत आफ्नै निवासमा बोलाएर छलफल गरेका हुन् । सिटौलाले देउवाकै संरक्षणमा गुट चलाए पनि उनी पक्षधर नेताहरुको सम्बन्ध यतिखेर सभापतिसँग बिग्रिएकोे छ । यसकारण पनि केसीले डाकेको भेलालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

देउवा गुटमैं रहेर पनि प्रदेशसभाका समानुपातिक उम्मेदवार चयनमा असन्तुष्ट बनेका केसीले सिंह, कोइराला र सिटौलालाई बोलाएर छलफल गर्ने र फेरि पनि छलफल गर्दै अर्को गुट विकास गर्ने संकेत दिएपछि देउवालाई थप दबाब सिर्जना हुने देखिएको छ । किनकी चार जना नेता कांग्रेसमा राम्रो प्रभाव राख्छन् । गुटमैं रहँदा पनि यिनीहरुको भूमिकाले गुटको सन्तुलनलाई नै दायाँबायाँ गर्ने हैसियत राख्छ । केसीले आफूहरु फेरि पनि बस्ने र सभापतिको काम गराईको तरिकासँग चित्त नबुझेको विषयलाई बहसमैं लैजाने बताएका छन् । ‘समसामयिक राजनीतिका विषयमा छलफल गरेका हौं’ उनको भनाई उद्यृद गर्दै एक नेताले भने, ‘हामीले कुरा बाहिर नलाने गरी छलफल गरेका हौं । फेरि पनि बस्छौं ।’ कुरा बाहिर नलाने भन्ने उनको अभिव्यक्तिले नै यी हेविवेट नेताहरुको कसरत निक्कै अर्थपूर्ण मानिएको छ । पौडेल पक्षको १३ नेताले राखेको भेलामा डा। शेखर कोइराला गएका थिएनन् ।

यसर्थ पनि केसीकोमा उनी पुग्नुलाई अर्थपूर्ण मानिन्छ । नेता सिंहबाहेक केसी, सिटौला र कोइराला प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएका थिए । आफूहरु पार्टीभित्रको अन्तर्घातकै कारण पराजित भएको भन्दै उनीहरु नेतृत्वप्रति तीव्र असन्तुष्ट छन् । यसकारण पनि यी हेविवेट नेताहरुले कस्तो ‘मुभ’ लिन्छन् भन्ने विषयलाई अर्थपूर्ण रुपमा हेरिएको छ । अरु गुटकाले पनि भेला नरोक्ने चन्द्र भण्डारीसहितका ९ नेता र रामचन्द्र पौडेल पक्षका १३ नेताको नियमित भेला पनि नरोकिने भएको छ ।

पार्टी सुधारका लागि प्रभावकारी रणनीति बनाउनका लागि भन्दै उनीहरुले छिटो बैठक डाक्न माग गरिरहेका छन् । आफूहरुको माग जायजय भएको भन्दै यस्ता भेला नरोकिने जानकारी युवा नेता गुरु घिमिरेले दिए । ‘हामी गुटभन्दा माथि उठेर पार्टीलाई सुधार गरौं भन्दै भेला भएका हौं’ गुरु भन्छन्, ‘यसकारण हाम्रा भेला रोकिंदैनन, निरन्तर हुन्छ ।’ जिल्ला सभापतिको पनि दबाब देउवालाई दबाब दिन जिल्ला सभापतिहरुले पनि भेला गरिरहेका छन् । उनीहरुले सिन्धुपाल्चोकको मेलम्चीमा भेला गर्दै छिटो समीक्षा गर्न दबाब दिएका हुन् । बैठक चाँडै तर, कहिले रु तर, सभापतिले चाँडै बैठक बस्छ भन्दै टार्दै आएका थिए।

केही दिन अघि प्रवक्तामा विश्वप्रकाशलाई नियुक्त गरे पनि उनले पनि देउवाकै भाषामा ‘चाँडै’ बैठक बस्छ भनेका थिए । तर आजसम्म बैठक कहिले बस्छ भन्न नसकिरहेका आरोप खोपिरहेको पार्टी सभापति देउवा र प्रवक्ता शर्माले अब भने बैठकको सामना कसरी गर्नेछन भन्ने बिषय महत्वपूर्ण बनेको छ ।

‘प्रदेश प्रमुख र अस्थायी केन्द्र तय गर्ने विषयमा सरकार लागेकोले कांग्रेसले बैठकको मिति नतोकेको प्रवक्ता बनेपछिको पहिलो पत्रकार सम्मेलनमा शर्माले भनेका थिए । तर प्रदेश प्रमुख र अस्थाई केन्द्रको टुंगो नलाग्दै काग्रेस केन्द्रिय कार्यसमितिको बैठक बस्ने त पक्का भएको छ तर बैठकमा निर्वाचनमा भएको कागे्रसको सर्मनाक पराजय र मौलाउदो गुटको सामाना देउवाले कसरी गर्नेछन भन्ने बिषयले अहिले सर्वत्र चर्चाको बिषय बनेको छ ।