दिनेश थापा
भक्तपुर । “सबल समुदाय र स्थानीय सरकार, भूकम्पीय सुरक्षाको बलियो आधार” भन्ने नाराका साथभक्तपुर जिल्लामा २० औं राष्ट्रिय भूकम्प सुरक्षादिवस विविधकार्यक्रमहरु आयोजना गरी भब्यरुपमा मनाइयो । जिल्लाविपद् ब्यवस्थापन समितिको नेतृत्वमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्लाशाखा, मध्यपुर थिमिनगरपालिका र शहरी विकास तथाभवननिर्माण विभाग डिभिजन कार्यालय भक्तपुरको समन्वयमा मध्यपुर थिमि नगरपालिका प्राङ्गणबाट विभिन्न सरकारी निकायहरु, राजनैतिक दलका प्रतिनिधिहरु, गैह्र सरकारी निकायहरु, सुरक्षानिकायहरु, विद्यालयका शिक्षक तथा विद्यार्थीहरु, भक्तपुर जिल्ला रेडक्रस अन्तर्गत्का २१ वटा उपशाखाका स्वयंसेवकहरु, पत्रकार, समाजसेवीहरु सम्मिलित ¥यालीले नगर परिक्रमा गरी बालकुमारी प्राङ्गणमा पुगी सभामापरिणत भएको थियो । प्रदेश सभा २ ख मध्यपुर थिमिका माननीय सभासद् राजेन्द्रमान श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न समापनकार्यक्रमको सभापतित्व मध्यपुर थिमिनगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका संयोजक नवराज गेलाल, जिल्ला विपद् ब्यवस्थापन समिति भक्तपुुरका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, सुर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापा, जिल्ला समन्वय समितिका उपसंयोजक सरीताकुँवर, मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख अञ्जना देवी मधिकर्मी, सुर्य विनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका सभापति एवं केन्द्रीय सदस्य मनोजकुमार थापा, शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय भक्तपुरका प्रमुख मिलन आचार्य अतिथीको रुपमा हुनुहुन्थ्यो ।
बालकुमारी प्राङ्गणमा नेपाल रेडक्रस सोसाइटीद्धारा जनचेतना मूलक सडक नाटक, भूकम्प सम्बन्धि कृत्रिम घटना अभ्यास, कियोस्कको प्रदर्शन गरिएको थियो । भूकम्प दिवसको अवसर पारेर भक्तपुर रेडक्रस सोसाइटीले कार्यक्रमका प्रमुख अतिथीबाट भूकम्प विशेषांक उद्धार बुलेटिन पनि बिमोचन गरेको थियो । बालकुमारी मन्दिर प्राङ्गणमा सम्पन्न भएको कार्यक्रमको संचालन नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाका मन्त्री परशुराम पाण्डेले गर्नुभएको थियो ।
सभामा सहभागिहरुलाई स्वागत गर्नुहुदै भक्तपुर रेडक्रसका सभापति मनोजकुमार थापाले विपद्को अवस्थामा समुदायनै पहिलो उद्धारकर्ता भएकोले विगतका भूकम्पबाट भक्तपुरमा भएको जनधनको क्षति बाट पाठ सिकेर आगामी दिनमा आउन सक्ने विपद्का घटना र त्यसका प्रभावतथा समूदायमा पर्ने असरलाई कमगर्नको लागी नगरपालिकाहरुसंगको समन्वयतथा सहकार्यमा समुदायका मानिसहरुको क्षमता अभिवृद्धि गर्ने कार्य तर्फ नेपाल रेडक्रस सोसाइटी लागिपरेको बताउनुभयो ।
उहाँले नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले भक्तपुर र मध्यपुर नगरपालिकामा उत्थानशील नगर प्रवद्र्धन र सहभागिता कार्यक्रम र सुर्यविनायक र चाँगुनारायण नगरपालिकाका विभिन्न वडाहरुमा भूकम्प प्रतिकार्य कार्यक्रम संचालन गरीरहेको बताउनुभयो । विपद् जोखिम न्यूनीकरणको कार्यलाई प्राथमिकतामा राखी भूकम्प आउनु अघिनै सुरक्षित भवन निर्माण सम्बन्धि जनचेतना फैलाउने, पूर्व तयारी स्वरुप समुदायमै उद्धारकर्ता (प्राथमिकउपचार तथा खोज तथा उद्धारकर्ता) तयार गर्र्नेे, समुदायमा विपद् ब्यवस्थापन समिति गठन गरी विपद् पूर्वतयारी योजना निर्माण गर्ने, आकस्मिक राहत कोष स्थापना गर्ने जस्ता कार्यहरु गर्न सकेमा भविष्यमा आइपर्न सक्ने विपद्हरुबाट समुदायलाई सुरक्षित बनाउन सकिने कुरामा जोड दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथी प्रदेश सभा २ ख मध्यपुर थिमीका माननीय सभासद् राजेन्द्रमान श्रेष्ठले स्थानीय निकायले रेडक्रससंग समन्वय गरी जनचेतना मूलक गतिविधि तथा कार्यक्रमहरु समुदायस्तरमै संचालनगर्नु पर्ने बताउनुभयो । उहाँले भक्तपुर रेडक्रस सोसाइटीलाई धन्यवाद दिदै पूर्व तयारी स्वरुप मध्यपुर क्षेत्र भित्र रहेका पोखरीहरुको संरक्षण गर्न नगरपालिकालाई आग्रह गर्नुभयो ।
कार्यक्रमका अतिथी जिल्ला समन्वय समितिका संयोजक नवराज गेलालले विगतमा सरकारको तर्फबाट पर्याप्त नितिनियम नबनाएकोले गर्दा पनि भूक्म्पबाट समुदायले बढि क्षति ब्यहोर्नुपरेको बताउनुभयो । उहाँले २०७२ को भूकम्पले जनधनको क्षति बढि गरेतापनि समुदायलाई सुरक्षित भवन निर्माणमा सचेतना वृद्धि गरेको कुरा बताउनुभयो ।
कार्यक्रमका अतिथी जिल्ला विपद् ब्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले यस वर्षको भूकम्प सुरक्षा दिवसको नारा अनुरुप स्थानीय सरकारको नेतृत्वमा वडा तथा नगरपालिकामा स्थानीयविपद् तथा जलवायु उत्थानशील समिति गठन गरी विपद् पूर्व तयारी योजना बनाई त्यस अुनरुपका गतिविधिहरु संचालन गर्न सकेमा उत्थानशील समुदाय निर्माण गर्न सकिने कुरा बताउनुभयो । उहाँले नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाद्वारा प्रदर्शन गरिएको सडक नाटक, कृत्रिम घटना अभ्यास, प्रचार प्रसार सामग्री वितरण, कियोस्क जस्ता गतिविधिहरुले समुदायमा जनचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने भएकोले यस्ता कार्यक्रम संचालन गर्नुभएकोमा भक्तपुर रेडक्रसलाई धन्यवाद दिनुभयो ।
कार्यक्रमका सभापति मध्यपुर थिमी नगरपालिकाका प्रमुखमदन सुन्दर श्रेष्ठले यस वर्षको २० औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मध्यपुरमा मनाउनको लागि पहल गर्नुभएकोमा जिल्ला समन्वय समितिका संयोजक र जिल्ला विपद् ब्यवस्थापन समितिका अध्यक्षलाई धन्यवाद दिनुभयो । मध्यपुर नगरपालिकाले भूकम्प पिडितहरुको नयाँ घर निर्माणका क्रममा नक्शापासमा लाग्ने कर ७० प्रतिशत छुट दिएको बताउदै प्रमुख श्रेष्ठले भक्तपुरका ४ वटै नगरपालिकाको तुलनामा मध्यपुरमा २०७२ को भूकम्पबाट कम जनधनको क्षतिभएको र पुर्ननिर्माणको लागि तेश्रो किस्ताको रकम लिनुहुनेहरुमा पनि मध्यपुर नगरका बासिन्दा अगाडी रहेको बताउनुभयो ।






































