श्रीमतीको हत्यापछि फरार राजवंशी पक्राउ

246

झापा  । श्रीमतीको हत्यापछि फरार रहेका एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वाह्रदशी गाउँपालिका (साविक राजगढ–३ )निवासी ३३ वर्षीय कमलसिंह राजवंशी रहेका छन् ।

२०७० साल असोज ६ गते श्रीमती गंगा राजवंशीको घाँटी थिचेर हत्यापछि उनी फरार रहेको र खोजी गर्ने क्रममा महेशपुरबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।