५.२ म्‍याग्‍निच्‍यूडको भूकम्पको धक्‍का

602

भारत । भारतको आसाममा शनिवार बिहान ५.२ म्‍याग्‍निच्‍यूडको भूकम्पको धक्‍का महसुस गरिएको छ ।

स्थानीय समय अनुसार शनिबार बिहान करीब पौने सात बजे कोकराझार इलाकामा भूकम्‍पको धक्‍का महसुस भएको भारतीय सञ्‍चार माध्‍यमले उल्लेख गरेका छन् ।

भूकम्पको धक्का महशुश गरिए पनि मानवीय र भौतिक क्षतिबारे भने नभएको जनाइएको छ । भूकम्पको धक्का भुटानमा समेत महसुस गरिएको बताइएको छ ।