समाजवाद अध्ययन केन्द्र चाँगुनारायणले बर्दघाट्को अस्पतालमा स्वास्थ्य सामाग्री र अपांगताका लागि व्हिल चियर प्रदान गर्ने

515

भक्तपुर । समाजवाद अध्ययन केन्द्र चाँगुनारायण भक्तपुरले ५ नम्बर प्रदेसको परासी पश्चिम बर्दघाट्को चिसापानी सामुदायिक अस्पतालमा ट्रली , व्हिल चियर लगायत स्वासप्रस्वास सम्बन्धि उपकरण प्रदान गर्ने भएको छ ।

यस्तै केन्द्रले भैरहवाको भिम अस्पतालमा ट्रली , गुल्मी जिल्लामा रहेको जिल्ला अस्पतालमा व्हिल चियर र स्वासप्रस्वास सम्बन्धि उपकरण , ब्यक्तिगत अपांगता भएकाहरुलाई व्हिल चियर र बैशाखी समेत हस्तान्तरण गर्ने निर्णय गरेको समाजवाद अध्ययन केन्द्रका अध्यक्ष दुर्गा फुयालले जानकारी दिनुभयो ।

उहाँका अनुसार समाजवाद अध्ययन केन्द्रले गुल्मिलार्इ र भिम अस्पतालाई प्रदान गर्ने सामग्री एक कार्यक्रमका साथ माघ २६ गते शुक्रवार बुटवलवाट नै हस्तान्तरण गर्ने जनाउनुभएको छ ।


परासी पश्चिम बर्दघाटमा भने औपचारिक हस्तान्तरण कार्यक्रम चिसापानी अस्पताल र दाउन्नेदेबी महिला उत्थान समाजको संयुक्त आयोजनामा गरिने समाजवाद अध्ययन केन्द्रका सचिव रोसन तिमिल्सेनाले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त कार्यक्रम मार्फत चिसापानी अस्पताल र त्यही क्षेत्रका अपाङ्गता भएकालाई ब्यक्तिगत सामाग्री व्हिल चियर , बैसाखी , लगायत सामाग्री हस्तान्तरण गर्ने कार्यक्रम माघ २७ गते शनिवार बर्दाघाट नगरपालिका बुद्धपार्क दाउन्नेदवी स्कुलमा गरिने छ ।

सामाजिक क्षेत्रमा छुट्टै नबिनतम कार्य भएको भन्दै नबलपरासिका बासिन्दा आफू कार्यक्रममा सहभागी हुने बताउँदै संस्थाको सम्पर्कमा रहेको कुरा संस्थाका कोषाध्यक्ष राजन कार्की ले बताउनु भयो । उहाँका अनुसार आगामी दिनमा पनि आफुहरुले विभिन्न जिल्लाहरुमा स्वास्थ्य शिक्षा सम्वन्धी विभिध कार्यक्रमहरु प्रदान गर्ने समेत उहाँले जनाउनुभएको छ ।

मानवताको लागि पृथक कार्यक्रम संचालन गर्दै समाजसेवामा जुट्ने अठोट रहेको बताउँदै समाजवाद अध्ययन केन्द्रकी रुपन्देही संयोजक भगवती पन्थिले कार्यक्रम प्रति रुपन्देहीका सर्वसाधारण पनि उत्साहित भएको बताउनुभयो ।

केन्द्रले यहि माघ १६ गते शहिद दिवसका अवसरमा भक्तपुर अस्पताल र भक्तपुर क्यान्सर अस्पतालका अकस्मिक कक्षमा ब्हिल चियर प्रदान गरेको थियो ।