अन्तर्राष्ट्रिय कन्डम दिवसमा भक्तपुरमा म्युजिक कन्सर्ट

373

भक्तपुर – सुरुवातले अन्तर्राष्ट्रिय कन्डम दिवसको अवसरमा यहीं फागुन १ गते अर्थात फेब्रुअरी १३ तारिखका दिन भक्तपुर दरबार क्षेत्रमा म्युजिक कन्सर्ट गर्ने भएको छ ।
उसले स्थानीय सांगीतिक समूहसहित युवाहरुको आकर्षण चर्चित पप गायक एड्रिन प्रधानको विशेष म्युजिक कन्सर्ट गर्ने भएको हो ।
एड्स हेल्थकेयर फाउन्डेसनको आर्थिक सहयोगमा विश्वका ४० देशमा एकै दिन
हुने म्युजिक कन्सर्टमध्ये नेपालमा सुरुवातले भक्तपुरमा गर्न लागेको हो ।

सुरुवातका अनुसार उक्त कन्सर्ट भक्तपुर दरबार क्षेत्रस्थित पद्म माध्यमिक विद्यालय परिसरमा हुनेछ ।

उक्त म्युजिक कन्सर्टको तयारी पूरा भएको सुरुवातले जनाएको छ । सुरुवातले
उक्त कार्यक्रम विधिवत रुपमा सुरु भएको घोषणा गर्दै बिहीबार सरोकारवाला
निकायहरुको समन्वय बैठक गरेको छ ।

बैठकमा संस्थाका अध्यक्ष राजेन्द्र पुरीले असुरक्षित शारीरिक सम्बन्ध राख्ने कारण
युवाहरुमा एचआईभी संक्रमण बढेकाले कन्डमको प्रयोग गर्ने बानी विकास गर्न
सांगीतिक कार्यक्रममार्फत जनचेतना फैलाउन लागिएको जानकारी दिए ।

सांगीतिक कार्यक्रममार्फत युवाहरुलाई कन्डमबारे जनचेतना अभिवृद्धि गर्दै
एचआईभी एड्स, हेपाटाइसिस जस्ता प्राणघातक संक्रमण हुन नदिने संस्थाको
उद्देश्य रहेको उनको भनाइ थियो ।

संस्था निर्देशक राजेश दिदियाले एड्रिन प्रधानको कन्सर्टसँगै भक्तपुरको
टौमढीदेखि दरबार क्षेत्रसम्म कन्डम ¥याली हुने जानकारी दिए । उक्त ¥यालीकै बीच
निःशुल्क एचआईभी जाँच गरिने उनले बताए ।

‘दिवसकै अवसरमा भक्तपुर दरबार क्षेत्रमा मोबाइल भ्यानमार्फत निःशुल्क
एचआईभी जाँच हुनेछ’, निर्देशक दिदियाले भने, ‘स्थानीय सांगीतिक समूहसँगै
काठमाडौं उपत्यकाका विभिन्न कलाकारहरुले आआफ्नो प्रस्तुति गर्नेछन् ।’

कन्सर्टमा प्रधानसँगै युवा गायकहरु सौगात राई, अहिले चर्चामा रहेको ‘भाइरल
भैदियो’ गीतका गायक मानसराज, भक्तपुरका युवा गायक रोशन धौभडेल,
वाद्यवादिका इन्दिरा लाछिमस्यूको समेत प्रस्तुति हुने बैठकमा जानकारी दिइएको
छ ।

एएचएफ नेपालको आर्थिक सहयोग र राष्ट्रिय एचआईभी एड्स महासंघ नेपाल
(एनएपीएन) को राष्ट्रिय सञ्जालअन्तर्गत उक्त म्युजिक कन्सर्ट हुने निर्देशक
दिदियाले जानकारी दिए ।

बैठकमा भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले युवाहरुलाई कुलतमा फस्नबाट जोगाउन यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा राखे ।
नेपालमा रोजगारीको पर्याप्त अवसर नहुँदा बेरोजगारीको कारण समाजमा
विकृति विसंगति बढ्नुका साथै अपराधसमेत बढिरहेको उनको भनाइ थियो ।

‘नेपालमा वार्षिक पाँच लाख युवाहरु श्रम बजारमा आउँछन्’, उनले भने, ‘तर
पर्याप्त रोजगारी नहुँदा बेरोजगार हुनुपर्ने बाध्यता छ । जसले गर्दा युवाहरु
विकृति विसंगति र अपराधमा फस्दै आएका छन् ।’
युवाहरुलाई सांगीतिक एवं मनोरञ्जनात्मक कार्यक्रमबाटै सचेत र संगठित गर्न
सकिने उनको भनाइ थियो ।
त्यस्तै महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण
प्रसाईंले भक्तपुरमा पनि सुईमार्फत लागूपदार्थ प्रयोग गर्ने तथा महिला
यौनकर्मीहरुको संख्या दिनानुदिन बढिरहेको जानकारी दिए ।

त्यसैले प्रहरीले पनि विद्यालय र युवाहरु सहभागी भएका टीम तथा क्लवहरु लक्षित
जनचेतना अभिवृद्धि कार्यक्रमलाई अघि बढाइरहेको उनले बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रतिनिधि बलदेव घोरसाइने,
राष्ट्रिय युवा महासंघ नेपालका केन्द्रीय अध्यक्ष राजुसिं बजिकोलगायतले युवा
लक्षित कार्यक्रमको अभावमा युवाहरु विकृति विसंगति र कुलतमा फस्दै आएको
धारणा राखे ।
बैठकमा एचआईभी एड्स तथा लागूपदार्थ दुव्र्यसनी, महिला यौनकर्मीको क्षेत्रमा
कार्यरत भक्तपुरका संघसंस्थाहरु युथ भिजन, आभास, सीएसी नेपाल, नीलहीरा
समाजका प्रतिनिधिसँगै सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।