‘२३ औं सेन्टजेभियर्स’ विज्ञान प्रर्दशनी सम्पन्न

504

काठमाडौं । सेन्ट जेभियर्स कलेज माइतिघरको आयोजनामा भएको राष्ट्रियस्तरको प्रतिष्पर्धात्मक ‘२३ औं वृहत विज्ञान प्रर्दशनी’ सम्पन्न भएको छ ।
उपत्यकाका ४८ वटा कलेजमा विज्ञान विषय अध्ययन गरिरहेका विद्यार्थीहरुको सहभागिता रहेको प्रदर्शनीमा ट्रिनिटी इन्टरनेशनल कलेज पहिलो, आयोजक सेन्ट जेभियर्स कलेज दोस्रो र ट्रिटन इन्टरनेशनल कलेज तेस्रो भयो ।

ट्रिटन इन्टरनेशनल कलेजको १२ कक्षामा अध्यनरत विद्यार्थीले तयार गरेको स्मार्ट सिटी आयोजना र रोबोटिक आयोजनामा आधारित प्रर्दशनी सबैको चासोको विषय बनेको थियो । सो कलेजका १२ कक्षाका विद्यार्थी एवम् विज्ञान तथा रोबोटिक्स क्लवका अध्यक्ष शिवांगत दत्तले कलेजको तर्फबाट स्मार्ट सिटीको अवधारणाको संयोजन गरेका थिए ।