कण्डमलाई पनि फेसनका रुपमा हेर्नु पर्दछ : भिडियो सहित

822

भक्तपुर :– सुरुवातले अन्तर्राष्ट्रिय कन्डम दिवसको अवसरमा यहीं फागुन १ गते अर्थात फेब्रुअरी १३ तारिखका दिन कण्डमलाई पनि फेसनका रुपमा हेर्नु पर्दछ भन्दै भक्तपुर दरबार क्षेत्रमा म्युजिक कन्सर्ट गर्ने भएको छ ।
संस्थाले स्थानीय सांगीतिक समूहसहित युवाहरुको आकर्षण चर्चित पप गायक एड्रिन प्रधानको विशेष म्युजिक कन्सर्ट गर्ने भएको हो ।
एड्स हेल्थकेयर फाउन्डेसनको आर्थिक सहयोगमा विश्वका ४० देशमा एकै दिन हुने म्युजिक कन्सर्टमध्ये नेपालमा सुरुवातले भक्तपुरमा गर्न लागेको हो ।
सुरुवातका अनुसार उक्त कन्सर्ट भक्तपुर दरबार क्षेत्रस्थित पद्म माध्यमिक विद्यालय परिसरमा हुनेछ ।

असुरक्षित शारीरिक सम्बन्ध राख्ने कारण युवाहरुमा एचआईभी संक्रमण बढेकाले कन्डमलाई अवका दिनमा अन्य फेसनका सामग्री जसरी नै फेसनका रुपमा हेर्नु पर्ने दिन आएको सुरुवातका निर्देशक राजेश दिदीयाले बताउनुभयो । उहाँका अनुसार कण्डम प्रयोग गर्ने बानी विकास गर्न सांगीतिक कार्यक्रममार्फत जनचेतना फैलाउन अफुहरुले भक्तपुरमा सांगीतिक कार्यक्रम गर्न लागेको जानकारी दिनुभयो । सांगीतिक कार्यक्रममार्फत युवाहरुलाई कन्डमबारे जनचेतना अभिवृद्धि गर्दै एचआईभी एड्स, हेपाटाइसिस जस्ता प्राणघातक संक्रमण हुन नदिने संस्थाको उद्देश्य रहेको उहाँको भनाइ थियो निर्देशक दिदियाका अनुसार एड्रिन प्रधानको कन्सर्टसँगै भक्तपुरको टौमढीदेखि दरबार क्षेत्रसम्म कन्डम ¥याली हुने बताउनुयो ।
कार्यक्रम अवधिभर निशुल्क रुपमा कण्डम वितरण समेत गरिने , निशुल्क एचआईभी जाँच गरिने उहाँले बताउनुभयो ।