परासी । समाजवाद अध्ययन केन्द्र चाँगुनारायण भक्तपुरद्वारा प्रदेस नम्बर ५ नबलपरासी बर्दाघाटमा र चिसोपानी अस्पताललाई आवश्यक सामग्रीहरु प्रदान गरेको छ । भक्तपुरमा स्थापान भएको संस्थाले सामाजिक सेवामा हाम्रो दाहित्व भन्दै नवलपरासी बर्दाघाट र चिसापानी अस्पताललाई ट्रली , व्हिल चियर स्वासप्रस्वास सम्बन्धी नेबुलाइजर मेसिन, बैसाखी आदि एका कार्यक्रम विच हस्तान्तरण गरेको छ ।
केन्द्रले उक्त स्थानहरुमा एक कार्यक्रमको आयोजना गर्दै अपाङ्गता भएका १० जनालाई जनही एक एक थान ब्यक्तिगत व्हिल चियर प्रदान गरेको समाजवाद अध्ययन केन्द्रले जनाएको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथी संघीय संसद सदस्य एबं कांग्रेस केन्द्रिय सदस्य माननीय देबेन्द्र राज कंडेलले जित्नु र हार्नु प्राबिधिक कुरो हो भन्दै हार्नेलाइ नि जनताले मत दिएका छन त्यसैले हार्नेले पनि सामाजिक कार्य गर्नु पर्ने बताउनुभयो । मत माग्न जाँदा हारे पनि काम गर्छु भन्ने तर हार्दैमा आफ्नो क्षेत्रमा हुने सामाजिक कार्यमा र अपाङ्गताका क्षेत्रमा हुने कार्यक्रममा त्रास र डरको राजनिती गर्नेहरु पुन सजाएँको भागी हुने बताउँदै आफू सामाजिक कार्यमा निरन्तर रहने भन्दै हरेक महिना ५ जनालाइ निःशुल्क आँखाको उपचार गरिदिने भन्दै बर्दघाट्का जनतालाइ आँखा अस्पतालमा आउन अनुरोध गर्नु भयो।
समाजवाद अध्ययन केन्द्रले गरेको कार्यक्रममा केन्द्रका संरक्षक एबं कांग्रेस केन्द्रिय सद्स्य प्रदिप पौडेलले समाजवाद अध्ययन केन्द्र्ले गरेको कार्यमा आफू सहभागी भएकोमा पुण्य कमाएको महसुस भएको बताउनु भयो ।
समाजवाद अध्ययन केन्द्रका सल्लाहकार प्राध्यापक शान्ति कृष्ण अधिकारिले बि पि कोइरालाले अपनाएको समाजवाद बाट प्रेरित संस्था समाजवाद अध्ययन केन्द्र भक्तपुरले गरेको यो मानबिय कार्य समाजकै अनुकरणीय कार्य भएको बताउदै आगामी दिनमा पनि यस्तै कार्यको निरन्तरता केन्द्रले गर्नेमा आफु विश्वस्त भएको बताउनुभयो ।
समाजवाद अध्ययन केन्द्रका अध्यक्ष दुर्गा फुयालले आफ्ना सदस्य साथी हरुको सहयोगले भएको यो कार्यक्रम समाजमा सामाजिक कार्यको लागि र परिवर्तनको लागि रुपान्तरणको मियो हुने बताउनु भयो ।
सामाजिक रुपमा हुने यस्ता कार्यक्रमलाई आफ्नो राजनैतिक स्वार्थमा नघुसाउन र समाजको कार्य हुँदा सके सहयोग गरौ नसके बिरोध नगर्न पनि उहाँले अनुरोध गर्नुभयो ।
केन्द्रका अध्यक्ष फुयालले भन्नुभयो सानो खोर्सानीको जस्तो पिरो तर स्वादिलो कार्य समाजवाद अध्ययन केन्द्रले थालनी गरेको छ यो केवल साँकेतिक कार्य मात्र भएको बताउँदै आगामी दिनमा आफुहरु अझ बढि समाजसेवामा जुट्न यो केवल एक खुड्किलोमात्र भएका्
समाजमा भएका समस्यामध्ये पूरा गर्न सकिने सार्थक सपना मात्रै हामिले देख्ने बताउँदै उहाँले सार्थक सपना पुरा गुर्न आफुहरुको दाहित्व भएको समेत बताउनुभयो ।
परासर ॠषिको गाउँ परासीमा समाजवाद अध्ययन केन्द्र आउँदा कसैको मन दुःखि नहोस भन्ने हेतुले सहयोगका हात लियर समाजसेवामा आफुहरु आएको बताउँदै आगामी दिनमा यस स्थानका सम्पुर्णको जीवनको शैली समाज सेवा बनोस र अनुकरणीय होस पनि भन्नू भयो । पैसाले खुशी किन्न सकिन्न तर सामाजिक कार्यले पाएको खुशी किन्न र भोटमा तुलना गर्न सकिन्न यो त मानव मनको सम्बन्ध हो जुन पस्किदा पनि लोककल्याणकारी राज्यको आभास हुन्छ अध्यक्ष फुयालले भन्नुभयो ।
सम्बन्ध बिनाको समाजसंग माग्नु भनेको पानी बिनाको माछा जस्तै भएकाले सम्बन्ध बिस्तार र मन जित्न मीठो भोक र गहिरो निद्रा पाउन समाजसेवाको बिकल्प छैन भन्दै समाजवाद अध्ययन केन्द्रका सहयागी साथीहरुले जुन प्रयास गरे त्यो कुनै राजनीतिक नेतृत्वको स्वार्थमा तुलना नहोस भन्दै उहाँले आँशुको स्वादमा भएको नुनिलोको कथा अपाङ्गताको खुशीले मीठो र गुलियो बन्ने भन्दै हाम्रो केन्द्रले ल्याएको सामाग्रीले सुख महसुस भएको अपाङ्गताको मनले स्वर्गको खातामा मात्रै नाम लेखाएको हो अरु त पात्र मात्रै हुन भन्नू भयो ।
समाजसेवीको थकान नै पुन समाजसेवा भएकोले यस्ता कार्यक्रम देसभर निरन्तर हुने अध्यक्ष फुयालले बताउनु भयो। कार्यक्रममा अन्य बक्ताहरुले पनि आज समाजवाद अध्ययन केन्द्रले आँखा देखाएको भन्दै अबको बाटो समाजसेवा हो भन्नू भयो। कार्यक्रममा स्वागत मन्तब्य सुशिला अधिकारीले गर्नु भएको थियो । उक्त हस्तान्तरण कार्यक्रमको अध्यक्षता देबि पौडेलले गर्नु भएको थियो।
कर्मचारी युनियन संघ नबलपरासीले समेत उक्त कार्यक्रममा व्हिल चियर सहयोग गरेको युनियन अध्यक्ष सुनिल लामिछनेले जानकारी दिनुभयो ।
कार्यक्रम संचालन समाजवाद अध्ययन केन्द्रकी रुपन्देही संयोजक भगवती पन्थीले गर्नु भएको थियो।
अस्पतालमा सामान पाउँदा खुशि लागेको अस्पतालको अध्यक्षले बताउनु भयो ।
समाजवाद अध्ययन केन्द्रको कार्य प्रति आफु खुसी भएको भन्दै आगामी दिनमा पनि सहयोगको लागि सहयोग स्वरुप स्थानिय शान्ति देबि अधिकारिले कार्यक्रम स्थलमा नै १२ हजार नगद प्रदान गर्नुभयो। यसरी सहयोग पाउनु अबको बाटो समाजवाद अध्ययन केन्द्रलाइ पुन सामाजिक कार्यमा आउने मौका हो भन्दै स्थानीय रिना गुरुङ्गले खुशी ब्यक्त गर्नु भयो। स्थानिय सर्भेयर लक्ष्मी शर्माले पनि अतुलनीय कार्य भएको मा खुशि भएको बताउनुभयो । स्थानियहरुको मन जित्न सफल यो कार्य कसैको राजनीति र चुनाबी नभएकोले समाजमा बिध्यमान समस्यामा केन्द्रत हुँदै यस्ता कार्य अझै गर्ने कार्यक्रम आयोजक संस्थाकी सुशिला अधिकारीले बताउनुभयो ।
हामिले आफ्नो मन देखि निस्वार्थ कार्य गरेका छौ भन्दै कसैको दुख देख्न नपरोस उहाँले भन्नू भयो ।