च्याम्पियन्स लिग : म्यानचेस्टर सिटीको सानदार जित, युभेन्ट्स र टोटनह्याम बराबरीमा

367

बासेल– युरोपियन च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले सानदार जित दर्ता गरेको छ।

मंगलबार भएको पहिलो लेगमा सिटीले स्विस क्लब एफसी बासेललाई ४–० गोलले पराजित गरेको हो। लिगको अर्को खेलमा इंग्लिस क्लब टोटनह्याम र इटालिन क्लब युभेन्ट्सले २–२ गोलको बराबरी खेलेका छन्।

स्विजरल्यान्डमा भएको खेलमा सिटीलाई सानदार जित दिलाउने क्रममा गन्डोगनले २ गोल गरे। बेर्नान्डो सिल्भा र सर्जियो अग्युरोले १–१ गोल थपे।

गन्डोगनले खेलको १४ मिनेटमा पहिलो गोल गर्दा ५३ मिनेटमा दोस्रो गोल गरेका थिए।

त्यसअघि बेर्नान्डो सिल्भाले १८ मिनेटमा सिटीको अग्रता दोब्बर पारेक थिए। खेललाई पूर्ण नियन्त्रणमा लिएको सिटीका लागि अग्युरोले २३ मिनेटमा अर्को गोल गर्दा सिटी पहिलो हाफमै ३–० ले अघि बढेको थियो।

यता युभेन्टसले घरेलु मैदानमा लिएको २–० को अग्रता जोगाउन सकेन। यभुन्टसका लागि दोस्रो मिनेटैम गोल गरेर गोन्जालो हिग्युइनले सुरुवाती अग्रता दिलाएक थिए। उनले नवौं मिनेटमा पेनाल्टीमार्तफ युभेन्टसको अग्रता दोब्बर पारे।  ३५ मिनेटमा टोटनह्यामका ह्यारी केनले गोल फर्काएर युभेन्ट्सको अग्रता २– १ मा झारे। क्रिस्टियन एरिक्सनले खेलको ७१ मिनेटमा बराबरी गोल फर्काएका थिए।