भक्तपुर सल्लाघारीको एनसेल टावरमा बम सेनाद्वार निष्क्रिय : फोटाहरु सहित

723

भक्तपुर । केही दिन यता एनसेलका टावरमा भइरेको बम आतंकको शिकार भक्तपुर सल्लाघारीको टावर पनि परेको छ । देश भर विभिन्न स्थानमा बम राख्दै एनसेल प्रति खनिएको विप्लव समुहले भक्तपुरको सल्लाघारीमा रहेको दुई तले भवन माथी रहेको टावरमा प्रेसरकुकर बम राखेको थियो । उक्त बम बिष्फोट हुनु अगावै सेनाले उक्त बम बरामद गरि निक्रिय गरि दिएको छ ।

गार्मेन्ट रहेको उक्त भवनमा ३ जना सेकुरेटी गार्ड र सिसिक्यमेरा फिट भएको भएपनि सवैको आँखा छल्दै दुई तल्ला माथी रहेको टावरमा बम प्लान्ट गरिएको थियो । सेनाले ४ घण्टाको प्रयास पस्चात उक्त बम निस्क्रिय गरि दिएको थियो । पहँलो रंगमा रहेको विष्फोटक पदार्थ कुन मेटेरियलवाट बनेको हो भन्ने तथ्य भने पत्ता लगाउनु पर्ने सेनाले जनाएको छ ।
सेनाको टोलीले बोरामा प्याक गरिएको प्रेसरकुकर बम छतमा रहेको टावरको रिपिटर ट्रान्फर्मर सँगै रहेको अवस्थामा फेला पारेको थियो ।


गार्मेन्ट रहेको दुई तले भवनको छतमा एनसेलको टावर थियो । त्यहीँ छतमा शंकास्पद वस्तु भेटिएपछि नेपाली सेनाको बम डिस्फोजल टोली पुगेको थियो । सरक्षा गार्ड भएको उक्त भवनमा कसरी शंकास्पद बस्तु राखियो यसको समेत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
तीन दिन अघि भक्तपुरकै चाँगुनारायण नगरपालिका वडा नम्वर ८ सुडालको चरेलिमा पनि राती सवा ११ बजे एनसेलको टावरमा विप्लव समुहले विष्फोट गराएको थियो ।

उक्त विस्फोटको सवालमा विप्लव समुहले आफुले गरेको भने पनि हाल सम्म के कसरी उक्त विस्फोट गराईएको भन्ने विषयमा भने केहि जानकारी प्रहरीले दिएको छैन । उक्त विस्फोटको आवाज झौखेल दुवाकोट सम्म पनि सुनिएको थियो । विष्फोटका कारण सुडालका घरहरु हल्लेका थिए सर्वसाधारणले भुकम्प आएको भनी भागाभाग भएको घटना भोली पल्ट विष्फोटको भएको थाहा हुँदा आफै अलमल परेको स्थानिय दुर्गा फुयालले बताउनुभयो ।