काठमाडौँ- यातायात व्यवसायीले २० वर्ष पुराना सवारीसधान हटाउने सरकारी निर्णयको विरोध गरेका छन् । यातायात क्षेत्रमा ठूलो लगानी भएको भन्दै उनीहरूले भन्सार छुटलगायतका विकल्प दिएर मात्रै विस्थापित गर्न उपयुक्त हुने बताए, कान्तिपुरमा खबर छ ।
‘फलामको आयु केको आधारमा तोक्ने,’ हेटौंडामा टेम्पो तथा मझौला यातायात व्यवसायी संघको २६ औं साधारणसभामा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघकाउपाध्यक्ष रामप्रसाद सुवेदीले भने, ‘यति–उति वर्ष भन्नुभन्दा पनि गाडीको क्षमताका आधारमा विस्थापित गर्नुपर्छ ।’
उनले गाडीको अवस्थाको आधारमा हटाइनुपर्ने र त्यसका लागि दक्ष प्राविधिकले जाँच्ने व्यवस्था मिलाउनुपर्ने माग राखे ।
महासचिव पुण्यप्रसाद सिटौलाले सरकारको निर्णयबारे मन्त्रालयमा विमति राखिसकेको जानकारी गराउँदै फागुन ३० गते बस्ने केन्द्रीय समितिको बैठकले यसबारे आधिकारिक धारणा सार्वजनिक गर्ने बताए ।
Related