महिला हिंसा समाजको सवै भन्दा ठुलो फोहर

418

भक्तपुर । महिला हिंस समाजको सबै भन्दा ठुलो फोहर भएको महानगरिय प्रहरी रानिपोखरीका प्रमुख जयवहादुर चन्दले बताएका छन् । समुदायिक सेवा केन्द्र कटुञ्जे , समुदायिक प्रहरी सेवा केन्द्र कटुञ्जे र मोडन स्कुलको आयोजनामा भएको महिला माथी हुने हिंसा र दुब्र्यवहार तथा बैदेशिक रोजगारीका जोखिम विषयक अभिमुखिकरण कार्यक्रममा चन्दले समाजको सवै भन्दा ठुलो फोहर महिला हिंसा भएको बताएका हुन् ।
उनले घर आंगनमा भएको फोहरले मानिसलाई २० औं किसिमको रोग ल्याउने जस्तै महिला हिंसाको फोहरले पनि समाजलाई उदो गतिमा लैजाने बताउँदै सबै मिलेर यो फोहर नहटाएसम्म समाज विकाले कुनै फड्को नमार्ने बताए । उनले यो फोहर हटाउन सामाजिक रुपमा अग्रिणीहरुले साथ दिदै महिला आफै पनि सजग हुनु पर्ने बताउँदै यदि आमाले आफ्नो घरमा छोरी वुहारीलाई नै विभेद गर्न छोडे यो स्वत कमि हुने समेत बताएका थिए ,
कार्यक्रममा सुर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले आफ्नो नगरपालिकामा महिला हिंसा निरुत्सायित गर्न आफुले जस्तो पनि कदम चाल्न तयार भएको बताएका थिए । उनले महिला माथी हुने हिंसा बढेमा त्याहाँ कलह र सधै झैझगडा रहने र विकासले पनि कुनै प्राथमिकता नपाउने बताउँदै यसको अन्तयको लागि आफुहरु जस्तो पनि कदम चाल्न तयार भएको बताए ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्रका प्रमुख सन्तोष ढुंगेलले सास्त्रमा समेत महिला खुसी भएको स्थानमा भगवानले समेत बास गर्ने तथा भगवानले बास गरेको ठाउँमा सधै खुसियाली हुने बताईएको उदाहरण दिदै आजको समाजमा महिला हिंसालाई निरुत्सायित गर्न हामी सवै लागि पर्नुपर्ने बताएका थिए ।
यस्तै कार्यक्रममा महानगरिय प्रहरी परिसर भक्तपुरकी सही सानु श्रेष्ठ र अधिवक्ता अनिल श्रेष्ठले समाजमा हाल भएका महिला हिंसा र त्यसका कानुनी पाटोका सम्वन्धमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।