भक्तपुर । भक्तपुरमा रहेका सहकारीहरु स्थनिय निकायलाई हस्तान्तरण गरिएको छ ।
डिभिजन सहकारी भक्तपुर बुधवार एक कार्यक्रम आयोजना गरि भक्तपुरमा रहेका सहकारीहरुको अभिलेख नगरपालिकाहरुलाई हस्तान्तरण गरेको हो ।
भक्तपुरमा कुल ५४१ सहकारीहरु का अभिलेख कार्यालयले नगरपालिकाहरुलाई हस्तान्तरण गरेको छ । जसमा चाँगुनारायण नगरपालिकालाई १२२ बटा सहकारीको अभिलेख हस्तान्तरण गरिएको छ भने भक्तपुर नगरपालिकालाई १५६ वटा , सुर्यविनायक नगरपालिकालाई १२६ वटा सहकारीको अभिलेख हस्तान्तरण गरिएको छ । कार्यक्रममा मध्यपुर थिमी नगरपालिका भने आफ्नो अभिलेख बुझन आएको थिएन मध्यपुर थिमी नगरपालिकाको १३७ बटा सहकारीको अभिलेख भने कार्यालयले सम्वन्धित नगरपालिकालाई नै हस्तान्तरण गर्ने कार्यालयले जनाएको छ ।
भक्तपुर जिल्ला भर भएका ६६७ सहकारी मध्य आफ्नो कार्यक्षेत्र केवल सम्वन्धित नगरपालिकामा भएका ५४१ बटा सहकारीका अभिले हस्तान्तरण गरेपनि डिभिजन सहकारीले विविध नगरपालिकामा कार्यक्षेत्र रहेका सहकारीको सम्वन्धमा भने प्रदेश सरकारलाई अभिलेख हस्तान्तरण गर्ने सहकारी अधिकृत प्रेमकुमार श्रेष्ठले बताए ।
सहकारी हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि कृषि, भुमिसुधार तथा सहकारी सचिव गोपीनाथ मैनालीले अव सहकारी स्थानिय निकायको हातमा गएका कारण उनीहरुको नियगमन गर्ने कार्य पनि स्थानिय निकायको काँधमा आएको बताए ।
स्थानिय निकायको लागि सहकारी ठुलो चुनौतिका रुपमा रहेका कारण यसको नियगमन गर्न स्थानिय निकाय चुकेका खण्डमा अनियमितता बढन सक्ने भन्दै यस तर्फ सवै स्थानिय निकाय सजग हुनु पर्ने बताए ।
यस्तै कार्यक्रमका विशेष अतिथि भक्तपुर जिल्ला प्रसासन कार्यालयका प्रसासकिय अधिकृत द्रोण पोखरेलले पहिला अलग कार्यालय हुँदा समेत फटाई गर्ने सहकारी थिए,अव एकै कार्यालयमा विभिन्न कार्य गर्नु पर्ने जिम्मेवारी आएका कारण स्थानिय निकाय सजग र चनाखो हुनु पर्ने अवस्था आएको बताए ।
स्थानिय तह हालको संविधानले नै बलियो निकायका रुपमा ब्याख्या गरिएका कारण सहकारी जस्ता निकायको उचित ब्यवस्थापन एवं नियगमन गर्न स्थानिय सरकारले अलग विनियम बनाउनु पर्नेमा उनले जोड दिएका थिए ।