ककनीमा करियरको दोस्रो क्याम्प

446

ककनी । विभिन्न साहसिक, मनोरञ्जनात्मक र ज्ञानवद्र्धक कार्यक्रम सहित करियर स्काउट ट्रुप पेप्सीकाला टाउनप्लानिङ्गको ३ रात ३ दिने दोस्रो स्काउट क्याम्प ककनीस्थित नेपाल स्काउटको अन्तर्राष्ट्रिय ज्याम्बोरीस्थलमा सम्पन्न भयो ।


करियर विल्डिंग इन्टरनेशनल एकेडेमीका विद्यालय संयोजक दिपेन्द्र श्रेष्ठ एवम् स्काउट गुरु शरण महर्जनको नेतृत्वमा करियर स्काउट ट्रुपका २६ स्काउट सहभागी थिए । क्याम्प समापन पछि सहभागी स्काउटलाई ब्याच र प्रमाणपत्र वितरण गरिएको थियो ।