एभरेस्ट भक्तपुर स्कुलको ११ औं ओपन डे

342

भक्तपुर,
एभरेस्ट इंगलिस स्कुल मिवाछेंको भगीनि विद्यालय ‘एभरेस्ट भक्तपुर स्कुल’ले कक्षा ३ सम्मका विद्यार्थीहरुले कक्षामा सिकेका र उनीहरुमा अन्र्तनीहित प्रतिभा उजागर गर्ने कार्यक्रम ११ औं वार्षिक ओपन डे आयोजना गर्यो ।

वरिष्ठ वाल साहित्यकार शान्तदास मानन्धरले कार्यक्रमको उद्घाटन गर्दै साना नानीहरुलाई विद्यामात्रै नभई असल संस्कार सिकाउने काम विद्यालयले गर्दै आएकोमा खुसी व्यक्त गर्नुभयो ।

विद्यालयका संस्थापक प्रिन्सिपल कमलादेवी अमात्य राजभण्डारीले विद्यालयले एकवर्षमा गरेको विभिन्न कृयाकलापको बारेमा प्रकाश पार्दै विद्यालयले साना नानीहरुलाई सुंसंस्कारयुक्त बनाउन विद्यालयमै विभिन्न समयमा आयोजना गरिएको परम्परागत नेपाली चाडपर्व, धर्म, संस्कृति, परम्परा र रितिरिवाजमा सहभागी गराउँदै आएकोे बताउनुभयो ।

उहाँले व्यवहारिक शिक्षामा जोड दिनुको साथै वालवालिकाकोे शारिरीक क्षमताले भ्याए अनुसारको खेलकूदमा सहभागी बनाउँदै आएको पनि बताउनुभयो । विद्यार्थीलाई पौडी, पाकशिक्षा, बजार तथा सांस्कृतिक मठमन्दीरको भ्रमणदेखि खेर जाने वस्तुलाई सानैदेखि सदुपयोग गर्न सिकाउने काम पनि गर्दै आएको बताउनुभयो ।

११ औं ओपन डेमा विद्यालयका ४ सय २२ (सबै) विद्यार्थीले आफुले विद्यालयमा सिकेका नृत्य, गायन, नाटक, जिम्नास्टिक लगायतका आफुमा रहेका प्रतिभा अभिभावकसामु प्रस्तुत गरेका थिए ।

एभरेस्ट इंगलिस स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा भक्तपुर जिल्लाका जिल्ला शिक्षा अधिकारी अर्जुनबहादुर रायमाझि, एभरेस्ट इंगलिस स्कुल व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्य, अभिभावक नम्रता ढुंगेललगायतले बोल्नुभएको थियो भने कार्यक्रममा अभिभावकहरुको बाक्लो उपस्थिति थियो ।

आजै अभिभावकहरुले आआफ्ना छोराछोरी पढ्ने कक्षाको अवलोकन गरेका थिए ।