नारी दिवसकै दिन किशोरीलाई बोक्सी आरोपमा बेहोस हुनेगरी कुटपिट, प्रहरीले उजुरी लिन मानेन

296

धनगढी-१०८औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहँदा कैलालीकी एक किशोरीमाथि बोक्सीको आरोपमा निर्घात कुटपिट भएको छ ।

कैलालीको घोडाघोडी नगरपालिकाकी अन्दाजी १८ वर्षीय चौधरी थरकी किशोरीलाई बोक्सीको आरोपमा स्थानीय तान्त्रिक (गुरुवा) रामबहादुर चौधरी (भोला)ले बोक्सीको आरोप लगाउँदै डेढ घण्टासम्म निर्घाट कुटपिट गरेको स्थानीयले बताएका छन् ।

कुटपिटबाट बेहोस भएकी उनको घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको छ । कुटपिट गर्ने चौधरी उपर उजुरी दर्ता गर्न खोज्दा इलाका प्रहरी कार्यालय सुखडले उजुरी दर्ता नमानेको उनका आफन्तले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी सागर बोहराले इलाका प्रहरी कार्यालय सुखडलाई उद्धृत् गर्दै दुवै पक्षको सहमतिमा मिलापत्र गरिएको जानकारी दिए । घटनाबारे थप जानकारी लिइरहेको भन्दै उनले दोषी पाइए कारबाही गर्ने लोकान्तरलाई बताए ।

घोडाघोडी नगरपालिकाका मेयर, वडाअध्यक्षसहितको रोहबरमा मिलापत्र गराइएको थियो । पीडित पक्षले आफूहरूलाई मिलापत्रका लागि दबाब दिइएको बताएका छन् ।lokantar