भक्तपुर नगरकोट पुग्ने छोटो मार्ग गोसपुल, विडोलफाँट, सुडाल, कलमसी, नगरकोट सडक सिलान्यास

2390

भक्तपुर ।
भक्तपुरबाट नगरकोट सम्म पुग्ने छोटो मार्गका रुपमा रहेको गोसपुल विडोलफाँट सुडाल कलमसी नगरकोट सडक आए एक कार्यक्रम विच सिलान्यास भएको छ । सडक खण्डको सुरु मार्ग गोसपुलमा आयोजित एक कार्यक्रममा उक्त मार्गको स्त्तरोन्नतीकोलागि सिलान्यास गरिएको हो ।

सडक स्त्तरोन्नतीको सिलान्यास गर्दै प्रतिनिधि सभा सदस्य महेश वस्नेतले भक्तपुरको कुनै पनि सडक अवका दिनमा धुलोमा रोमलिनु नपर्ने वताउनुभएको थियो ।

यस्तै कार्यक्रममा चाँगुनारायण प्रदेशका प्रदेस सांसद हरिशरण लामिछाने , चाँगुनारायण नगरपालिकाका मेयर सोम प्रसाद मिश्र लगाएतका बक्ताले चाँगुनारायण नगरपालिकाको एक मुख्य मार्गका रुपमा रहेको उक्त मार्गको निर्माण सम्पन्न भएपछि नगरकोट सम्म पुग्न आधाभन्दा पनि कम दुरी हुने बताउँदै , गोसपुल नगरकोट सडक निर्माण सम्पन्न भएपछि उक्त क्षेत्रको विकासमा कायापलट हुने बताउनुभयो ।

नेपाल आर्मीका जर्नेल भरत खण्डकाको पहलमा र निरन्तर प्रयासमा उक्त सडक खण्डले पुन निर्माणको अवसर पाएको वताउँदै उनी जस्तै अरु पनि समाजसेवीहरु भक्तपुरमा भएका खण्डामा भक्तपुरले मुहार फेर्न धेरै समय नलाग्ने समेत बताए ।

सडक निर्माणको सम्झैता २०७४ साल ११ महिना २१ गते भएको हो भने यसको कार्यअवधी २० महिना अर्थात कार्य सम्पन्न गर्नु पर्ने मिति २०७६ साल ७ महिना २० गते रहेको डोरिडारका महानिर्देशक जीवन श्रेष्ठले वताउनुभयो ।

सडक स्त्तरोन्नतीको लागि २९ करोड १४ लाख २१ हजार ६सय ४३ रुपैयाँ २५ पैसा भ्याट समेतमा अनुमान गरिएको भए पनि कम्पनीले १७ करोड ४८ लाख ८३ हजार ८६ रुपैयाँ ६० पैसा भ्याट बाहेक मा निर्माण गर्ने जिम्मा लिएको छ ।

भक्तपुर देखि नगरकोट सम्म ७.३२० किलोमिटर सडक स्तरोन्नति हुने उक्त सडक खण्डमा नाली सहित ६.५५ मिटर सडक चौडा हुने जिल्ला प्राविधि कार्यालयले जनाएको छ । ५ मिटर पिच गरिने उक्त सडक खण्ड ४० एमएम मोटो पिच गरिने छ । सडक निर्माणको जिम्म भने कोशी एण्ड न्यौपाने ÷ सर्व उद्दार जेभी, नयाँ बानेश्वरले पाएको छ ।

लगभग चाँगुनारायण नगरपालिकाको ईतिहाँस हेर्दा पुर्वी भेग को ईतिहाँस हेर्दा पहिलो सडकका रुपमा रहेको यो सडकले मुहार फेरेपछि सम्पुर्ण सुडाल ताथली तथा नगरकोट बनेपा नगरपालिका वडा नम्वर १ का बासिन्दा लगाएतलाई फाईदा पुग्ने सडक उपभोक्ता समितिका अध्यक्ष भरत खड्काले बताउनुभयो । उहाँले यो सडक निर्माणका लागि पहल गर्ने तथा सहयोग गर्ने सम्पुर्णमा समेत धन्यावाद दिनुभएको थियो ।

सडक सिलान्यास कार्याक्रममा जिल्ला प्रसासन कार्यालयका प्रमुख द्रोण पोखरेल , जिल्ला समन्वय समितिका सभापती नवराज ज्ञेलाल लगाएतकाले बाटो छिटो निर्माण हुनेमा आफुहरु विश्वस्त भएको वताउनुभएको थियो ।

आफुले पाएको सडक निर्माणको जिम्मा आफुले समयमा नै सम्पन्न गर्ने निर्माण ब्यवसायी हरि लामाले बताउनुभयो ।

बाटो निर्माणका लागि सिलान्यास भएपछि भक्तपुरका उत्तरी भेगका वासिन्दाहरुले खुसियाली ब्यक्त गरेका छन् ।

भक्तपुर देखि नगरकोट सम्म ७.३२० किलोमिटर सडक स्तरोन्नति हुने उक्त सडक खण्डमा नाली सहित ६.५५ मिटर सडक चौडा हुने जिल्ला प्राविधि कार्यालयले जनाएको छ । ५ मिटर पिच गरिने उक्त सडक खण्ड ४० एमएम मोटो पिच गरिने छ ।