शर्मिला स्याङतान सहयोगार्थ साँस्कृतिक कार्यक्रम सम्पन्न

657

भक्तपुर । बुद्द नेपालमा जन्मेका हुन् भन्ने सन्देशका साथ तामाङ समुदायवाट सगरमाथा आरोहण गर्दै गरेकी शर्मिला स्याङतानको सहयोगार्थ आयोजना गरिएको साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

तामाङ समुदायकी दोस्री सगरमाथा आरोही एवं आफ्ना आराध्य देव गौतम बुद्द नेपालमा जन्मेका हुन् भन्ने नारा , साथै मानवबेचविखनको विरुद्दमा सन्देश विश्वको सर्वोच्च शिखरमा पुगी प्रवाह गर्न अग्रसर रहनु भएकी स्याङतानको सहयोगार्थ आफुहरुले कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोजक विकु थोकरले बताउनुभयो ।

उहाँका अनुसार आर्थिक रुपमा कमजोर नै भए पनि विश्व सामु आफ्नो नेपाल र नेपालीको पहिचानको विषयमा उहाँले सगरमाथा आरोहण गरि सन्देश प्रवार्ह गर्न खोज्नु भएका कारण उहाँको सहयोगार्थ थोकर फिल्म प्रालीको आयोजनामा भक्तपुरमा वृहत्त साँस्कृतिक कार्यक्रम गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै शर्मिला स्याङतानले आफु बुद्दको सन्देशका साथ साथै हाल तामाङ समुदायमा ब्याप्त मानव बेचविखनको विरुद्दमा आवाज उठाउन तथा दवाव मुलक कार्यमा लागि पर्दा सहयोग गर्नुहुने सवैमा धन्यवाद दिनुभएको थियो । उहाँले हाल तामाङ समुदायमा मात्र नभएर नेपाली चेलीहरु विभिन्न बहानामा विश्वका विभिन्न गल्लीमा बेचिएको विरुद्दमा पनि आफ्नो कदम रहेको समेत बताउनुभयो ।

हाल सवै नेपालीका आस्थाका केन्द्र गौतम बुद्दको जन्मका बिषयमा भएका विभिन्न विवादहरुलाई चिर्दै उहाँ नेपालमा नै जन्मनु भएको हो भन्ने नारा एवं सन्देश पनि विश्वको सर्वोच्च शिखरमा गएर आफुले सवैलाई प्रवाह गर्न लागि परेको बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि  दिलमान पाख्रिनले शर्मिला जस्तै अरु नारीहरुले पनि सगरमाथाको आरोहण गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले हाल नेपालमा उहाँ सफल हुनु भएका खण्डमा चौंथो नारी सगरमाथामा हुन सफल हुने बताउँदै नेपालमा नै रहेको सगरमाथा आरोहणमा समेत नेपाली नारीको पहँुच नभएकोमा दुखेसो पोख्नुभयो ।

उहाँका अनुसार कुनै पनि समुदायको प्रतिनिधित्व भन्दा पनि उहाँले सम्पुर्ण देशको प्रतिनिधित्व गर्दै सगरमाथा आरोहण गर्न लाग्नु भएकोमा सरकारले भने यस प्रति उदासिनता देखाएको समेत उहाँको गुनासो रहेको थियो ।

कार्यक्रममा बोल्दै अन्य बक्ताहरुले विश्व मान चित्रमा सगरमाथाको देशका रुपमा प्रख्यात नेपाल भएपनि कुटनितिक रुपमा नेपालीको पहिलो पहिचान सगरमाथा सँग सँगै शान्तिका अग्रदुत गौतम बुद्द नेपालको लुम्विनिमा जन्मनु भएको हो भन्ने प्रचार एवं आधिकारिक दस्तावेज नदिदाँ सारा विश्व हाल उहाँको जन्म भुमी प्रति अन्योल हुनुका साथ साथै नेपालीको पहिचान माथी नै हमला भएको बताउनुभएको थियो ।

उहाँहरुले यो पहिचानको हमलालाई विश्व सामु पञ्याउन लागि पर्नु भएकी शर्मिला जस्ता नारीलाई सहयोग गर्नु गर्भको कुरा रहेको समेत बताउनुभएको थियो ।
बृहत साँस्कृतिक कार्यक्रममा तामाङ समुदायका विभिन्न चर्चित कलाकारहरुले आफ्नो प्रस्तुती राख्नु भएको थियो । कार्यक्रमको प्रस्तुती पत्रकार सुनिल दोङले गर्नु भएको थियो ।