भक्तपुर आउने पर्यटकले उपचारकालागि काठमाण्डौं धाउनु नपर्ने

249

भक्तपुर । भक्तपुरमा आउने पर्यटकहरुको आकस्मिक स्वास्थोपचारकालागि भक्तपुर पर्यटन विकास समिति र डा. इबामुरा अस्पतालबीच आइतवार सझौता भएको छ ।
आइवारदेखि नै लागू हुने अस्पताल र पर्यटन विकास समितिबीच सम्झौता भएको हो । रफत सञ्चार क्बलमा पत्रकार सम्मेलन गरी पर्यटन विकास समिति र अस्पतालबीच सम्झौता भएको जानकारी गराइएको छ । सम्झौता पश्चात अस्पतालका व्यवस्थापक रञ्जित मारिखुले अस्पतालले पर्यटकलाई आकस्मीक सेवा प्रदान गर्नका लागि अस्पताल र विकास समितिबीच सम्झौता भएको बताए ।
अस्पतालले भक्तपुरमा आउने पर्यटकलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने वताउँदै उनले पर्यटकलाई आइ पर्ने जुन कुनै पनि रोगको आकस्मिक उपचारका लागि काठमाण्डौं सम्म जानु नपर्ने गरि सेवा प्रदान गर्न लागेको उनले बताए । उनका अनुसार भक्तपुर घुम्न आउने पर्यटककालागि आकस्मीक सेवा प्रदान गर्ने कुनै अस्पताल नभएकाले इबामुराले पर्यटन विकास समितिसँग सम्झौता गरी पर्यटकलाई सेवा प्रदान गरिएको उनले जानकारी दिए ।
भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर भेलेले दुई निकायबीच भएको सम्झौताले भक्तपुरमा आउने पर्यटक बढ्ने बताए । उनले अब भक्तपुरमा आउने पर्यटक आकस्मिक रुपमा बिरामी भए जुनसुकै समयमा पनि इबामुराले स्वास्थ्य सेवा प्रदान गर्ने बताए । उनका अनुसार आकस्मिक सेवा प्रदान गर्ने कुनै पनि अस्पतालको विषयमा पर्यटकलाई थाहा नहुँदा भक्तपुरमा रात बस्ने तथा घुम्न आउने पर्यटकको पनि कमि भएको उनको भनाई थियो । अव भक्तपुर आउने पर्यटकले उपचारका लागि काठमाण्डौंका अस्पताल सम्म धाउनु नपर्ने जिकिर गर्दै उनले सामान्य रोगका लागि मात्र नभएर गम्भिर प्रकृतिको उपचारमा पनि अस्पतालले सेवा दिने भएका कारण यसतर्फ पर्यटकले आफ्नो स्वास्थ्को लागि सहज महसुस गर्ने उनको भनाई थियो ।
बार्षिक ३ लाख पर्यटकले भ्रमण गर्ने भक्तपुरमा पर्यटकका लागि आकस्मिक उपचारको ब्यवस्था तर्फ कसैको ध्यान जान नसकेका बेला यस्तो सेवाको सूरुवात गरिनु पर्यटन प्रवद्दनको एक पाटोका रुपमा लिन सकिने छ । भक्तपुर पर्यटन विकास समितिमा रहेका सम्पुर्ण होटलले आफ्ना ग्रहककालागि उक्त सेवा प्रदान गर्ने तथा होटल गेष्ट हाउसहरुमा पर्यटकले नै देख्ने गरि आकस्मिक सेवाका लागि सम्पर्क गर्न सक्ने वतावरण पनि मिलाएको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।