काठमाडौं । फिजम कप अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको विजेता ग्रामर पब्लिक स्कुल कोटेश्वरका विद्यार्थीलाई विद्यालयको प्रार्थना सभामा वधाइ दिँदै सम्मान गरिएको छ ।
संस्थागत विद्यालय व्यवस्थापकहरुको मञ्च (फिजम) द्धारा आयोजित सो प्रतियोगितामा विजयी भएका खेलाडीहरुलाई ग्रामर स्कुलका संस्थापक प्रिन्सिपल राजकुमार राई, भाइस प्रिन्सिपल सुदर्शन पाण्डे, अतिरिक्त कृयाकलाप शिक्षक पासाङ्ग नामग्याल घिसिंग लगायतले वधाइ दिँदै सम्मान गरेका थिए ।
ग्रामर पब्लिकको बास्केटल टिमले स्वर्णिमतारा स्कुल कोटेश्वर टिमलाई हराएर छात्रतर्फ पहिलो भएको थियो भने छात्रातर्फ न्यूभिजन स्कुलसंग पाजित भई ग्रामर पब्लिक स्कुल टीम दोस्रो भएको थियो । विजेता स्कुल टीमलाई फिजमका अध्यक्ष आर बि कटुवालले कप, पदक तथा प्रमाणपत्र दिएका थिए ।