हिन्दु जागरण नेपालद्वार युरोपियन युनियनको पुत्ला दहन

3106

काठमाण्डौं । हिन्दु जागरण नेपालले आज युरोपियन युनियनको पुत्ला दहन गरेको छ । नेपालको आन्तरिक मामिलामा बैदेशिक ठाडो हस्तक्षेप विरुद्दमा हिन्दु जागरण नेपालले चावहिलमा आज युरोपियन युनियनको पुत्ला दहन गरेको हो ।
नेपालको मौलिक धर्म संस्कार परम्परिक सामाजिक सदभाव देशको अस्मिता आदिमा युरोपियन युनियनले हस्तक्षप गरेको भन्दै हिन्दु जागरण नेपालले प्रेस विज्ञप्ती जारी गर्दै यसको विरोध गरेको छ । महांसंघका अध्यक्ष रामकृष्ण उपाध्यय को नाममा सार्वजनिक गरिएको गरिएको प्रेस विज्ञप्तीमा नेपालमा लामो समय देखि भएको धर्म परिर्वतन सम्वन्धी हस्तक्षपको विरोधमा आज प्रेस विज्ञप्ती जारी गर्दै नेपालको सार्वभौम सत्तामाथी युरोपियन युनियनले ठाडो हस्तक्ष विरुद्दमा उनीहरुलाई देश निकाला गर्नु पर्ने माग गरिएको छ ।


‘केही वर्ष अघि नेपालमा धर्म परिवर्तन गर्न पाउनु पर्छ भनेकैले बेलायती राजदूतले देश छाडे’, उपाध्यायले भनेका छन्, ‘अनावश्यक जान्ने भएर नेपाली जनतालाई मुर्ख ठान्दै सुझाव दिन खोज्नेहरुलाई पनि यहाँ बस्ने वातावरण दिएकोमा हामी दुखी छौँ ।’
इयूले नेपालमा जातीय द्वन्द्व गराएर हिंसा भड्काउन खोजेको आरोप लगाउँदै अध्यक्ष उपाध्यायले सीके राउत जस्ता देश विखण्डन अभियानमा लागेकालाई समर्थन गर्नेलाई देशनिकाला गर्नुपर्नेमा जोड दिएका छन् ।
‘इयू जस्ता अनावाश्यक वैदेशिक संस्थाहरुलाई सरकारले देश निकाला गर्न सक्नुपर्छ’, उपाध्यायले विज्ञप्तीमा भनेका छन्, ‘आगामी दिनमा नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने गरी सरकारले कारबाही थाल्नुपर्छ । अरुलाई पनि टाउको उठाउन नदिन इयूलाई देशनिकाला गर्ने हिम्मत सरकारले गर्नुपर्छ ।’

आज नै देश भर युरोपियन युनियनको विरोधमा पुत्ला दहन गरिने हिन्दु जागरण नेपालका सदस्य धुर्व लुईटेलले जानकारी दिए । उनका अनुसार नरायणघाट, झापा , दाङ , नेपालगंज लगाएतका स्थानमा पुत्ला दहन गरिने उनले जानकारी दिए ।