बलराम प्यासी
काठमाडौं ।
आठौं शिक्षा ऐन संशोधन गरि पोहोर सालदेखि अक्षरांक पद्धति (लेटर ग्रेडि¨) मा माद्यमिक शिक्षा परिक्षा (एसईई) सञ्चालन गर्न थालेपछि परिक्षा दिँदै गरेका विद्यार्थीलाई चीट चोराउने चलन बन्द भएको दावी गरिएको छ ।
विहीबारदेखि मुलुकभरी शुरु भएको २०७४ सालको माद्यमिक शिक्षा परिक्षा (एसईई) परिक्षाको अनुगमन गर्ने क्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले सो दावी गरेका हुन ।
‘पहिलाको तुलनामा परिक्षा केन्द्रमा अभिभावकहरुको अनावश्यक भीडले विद्यार्थीलाई चीट चोराउने चलन हराएको’ उल्लेख गर्दै मन्त्री पोखरेलले ‘परिक्षामा कोही पनि फेल नहुने’ कारणले गर्दा परिक्षाफल प्रकाशित भएपछि विद्यार्थीले आत्महत्या गर्ने वाध्यता पनि हटेको बताए ।
‘अब परिक्षाफलकै कारण विद्यार्थीले आत्महत्या गर्नु पर्दैन, न त डिप्रेशन र तनाव नै वेहोर्नुपर्छ’—मन्त्री पोखरेलले भने—‘यसको मतलव कक्षामा मिहेनत नै नगरी परिक्षा उतिर्ण हुन्छु भन्नु चाँहि गलत हो ।’ ‘परिक्षामा राम्रो ग्रेडि¨का साथ उतिर्ण हुने विद्यार्थीले आफुले छानेको विषय पढ्न पाउँछ ।’
परिक्षाको वाह्य वातावरण सुध्रेको उल्लेख गर्दै मन्त्री पोखरेलले अब भित्री वातावरण अर्थात पठनपाठन र शिक्षण विधिलाई सुधार्दै राम्रो बनाउनुपर्ने कुरामा जोड दिए ।

परिक्षामुखी पढाईको सोचलाई अब परिवर्तन गर्नुपर्ने उल्लेख गर्दै उनले विद्यार्थीमा अन्र्तनीहित प्रतिभा प्रस्ष्फुटन गराई आत्मविश्वासको उजागर गर्न शिक्षाक्षेत्रमा लागेका सबैले सघाउनुपर्ने कुरामा जोड दिए ।
नेकपा माओवादी केन्द्रले गत सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा घोषणा गरेको प्रतिवद्धता अनुसार सरकारले मुलुकभरीका विद्यालयमा ७० प्रतिशत प्राविधिक धार (प्राविधिक शिक्षा) र ३० प्रतिशत गैरप्राविधिक धार (साधारण शिक्षा) दिने तयारी गरेको उल्लेख गर्दै माओवादी नेतासमेत रहेका मन्त्री पोखरेलले अब विद्यार्थीले माद्यमिक शिक्षा पुरा गर्दा उसको हातमा एउटा महत्वपूर्ण शिपसहितको प्रमाणपत्र हुने स्पष्ट पारे ।
सीप सहितको प्रमाणपत्र पाएपछि माद्यमिक शिक्षा पुरा गरेको विद्यार्थीले स्वदेशमा मात्रै नभई संसारभरी विक्नसक्ने र उसले सजिलैसंग आफ्नो जीवनयापन गर्नसक्ने उनको धारणा थियो ।
मन्त्री पोखरेलले बिहीबारदेखि मुलुकभरी शुरु भएको परिक्षाको काठमाडौको सिनामंगलस्थित गुहेश्वरी मावि, मध्य बानेश्वरस्थित रत्नराज्य मावि, भक्तपुरको सानोठिमीस्थित आदर्श मावि र ललितपुरको लगनखेलस्थित नमुना मछिन्द्र मावि गरि चारवटा परिक्षा केन्द्रको स्थलगत अनुगमन तथा निरीक्षण गरेका थिए ।
बिहीबारदेखि मुलुकभरीका १ हजार ९५६ परिक्षा केन्द्रमा एकै समयमा शुरु भएको एसईई परिक्षामा ४ लाख ८५ हजार ५८६ परिक्षार्थी सहभागी भएका छन् । पहिलो दिनको अनिवार्य अंग्रेजी विषयको परिक्षा समग्ररुपमा मुलुकभरी नै शान्तिपुर्ण रुपमा सम्पन्न भएको राष्ट्रिय परिक्षा वोर्ड सानोठिमीले जनाएको छ ।
पहिलो दिनको परिक्षामा पद्मकन्या मावि डिल्लीबजारकी विद्यार्थी ६४ वर्षिया पार्वतीदेवी मलासीले वागवजारस्थित शहीद शुक्र मावि परिक्षा केन्द्रबाट एसईई परिक्षा दिएकी छिन ।







































