भक्तपुर । त्रिपुराधाम निर्माणार्थ चाँगुनारायण नगरपालिका वडा नंम्वर २ स्थित त्रिपुरा सुन्दरी भद्राक्षी देबी तथा मातेश्वर महादेब संरक्षण समितिको आयोजनामा लगाईको नबाहको छैठौ दिन सम्म दाताहरूले दान गरेको रकम रू २०लाख४२ हजार उठेको आयोजकले जनाएको छ।
दान गर्ने दाताहरुमा केदार कार्कीबाट रू१ लाख५हजार, हरि खड्का बाट रू १लाख १हजार, बिदुर आलेबाट रू ५५हजार,किसोर बाटा श्रेष्ठबाट रू ५५हजार लगायतका भक्तजनहरूबाट उक्त रकम दान प्राप्त भएको आयोजकले जनाएका हुन्।
अझै ३ दिन सम्म नवाह बाँकी रहेकाले आफ्नो लक्ष्य पूरा हुनेमा बिश्वस्त रहेको र दाताहरूलाई अझबढी दान गर्न आग्रह गरिएको आयोजकले जनाएको छ।