त्रिपुराधाम निर्माणार्थ चालु नवाहको सातौं दिन १९ लाख संकलन

324

भक्तपुर । त्रिपुराधाम निर्माणार्थ चाँगुनारायण नगरपालिका वडा नंम्वर २ स्थित त्रिपुरा सुन्दरी भद्राक्षी देबी तथा मातेश्वर महादेब संरक्षण समितिको आयोजनामा लगाईको श्रीमद देवी भागवत नबाह ज्ञान महायज्ञको सातौ दिन एकै दिनमा १९ लाख ४ हजार दाताहरुको दान रकम संकलन भएको छ ।

६ दिन सम्म संकलन भएको रकम रू २०लाख४२ हजार रहेकोमा सातौं दिन भने एकै दिनमा १९ लाख ४ हजार संक्लन भएको आयोजकले जानकारी दिए ।
आयोजकका अनुसार हाल सम्म जम्मा ३९ लाख ४६ हजार रकम संकलन भएको छ ।

अझै २ दिन नवाह बाँकी रहेकाले आफ्नो लक्ष्य पूरा हुनेमा बिश्वस्त रहेको र दाताहरूलाई अझबढी दान गरि त्रिपुरा धाम निर्माणमा सहयोग गर्नुहुन् आग्रह गरेको छ ।