सांगीतिक क्षेत्रमा चर्चा बटुल्दै पूजा तामाङ

2301

भक्तपुर । सिन्दुपाल्चोक हाम्रो गाउँ ,
खोला नाला राम्रो छ ठाउँ ,
ए हाई च्याङवा मन मिल्छ भने धुम्न जाउँ ।
भन्ने बोलको पहिलो गीतवाट नेपाली सांगीतिक दुनियाँमा प्रवेश गरेकी पूजा तामाङ हाल विभिन्न गीतमा आफ्नो आवज दिन नै ब्यस्त रहेकी छन् ।
मिठो स्वरकी घनी तामाङ सिन्दुपाल्चोकको बलेफी गाउँपालिका वडा नम्वर ४ जन्मेकी हुन् । ग्रामिण भेगमा जन्मेकी तामाङले ठुलो दुःख गरेर आफ्नो सांगीतिक यात्र तय गरेकी हुन् । निम्न वर्गिय परिवारमा जन्मेकी उनीले ठुलो संघर्ष एवं त्याग तपस्या गरि सांगीतिक दुनियाँमा आफ्नो पाईला चालेकी थिईन् । हाल उनी संगितको अध्ययन समेत गरि रहेकी छन् ।
नेपाली गीत संगित प्रति लगाव भएकै कारण आफु यो क्षेत्रमा हामिएको पूजा बताउँछिन् ।
हाम्रो घर सिन्दुपाल्चोकको दुर्गममा नै छ रेडियोमा गीत गाएको सुन्दा अचम्म लाग्थ्यो, अनी आफु पनि त्यसै गरि गाउन थाल्थे विद्यालयमा पढदा कक्षामा गाईन्थ्यो, अनी साथीभाई हरु संग गाईन्थ्यो मलाई गीत गाउन संगीत सिक्न ठुलो रहर नै थियो । यहि पुरा गर्न म नेपाली सांगीतिक दुनियाँको खाल्डो उपत्यकामा आएकी थिए । मेरा थुप्रै गीत हरु हाल बजारमा रहेका छन् । गीत मात्र गाउनु भन्दा पनि संगीतको पनि आफु भोकी रहेका कारण यो सिक्न आफु हाल दिन रात अध्ययन गरि रहेको उनी बताउँछिन् ।
बुवा चिनवहादुर तामाङको साथ सहयोग र हौसलाका कारण आफु यो दुनियाँमा प्रवेश गर्न सकेको उनी सुनाउँछिन् । निम्न वर्गिय गाउँले परिवार भएपनि आफ्नो परिवारको साथ सहयोग वाट नै आफु हाल यो स्थानमा पुग्न सफल भएको तामाङ बताउँछिन् ।
नेपाली गीत संगीतको दुनियाँमा आफ्नो अलग पहिचान बनाउनु नै आफ्नो प्रमुख लक्ष्य भएको उनी सुनाउँछिन् ।
दर्जन भन्दा बढि तामाङ सेलो गाई सेककी पूजाको हाल

“एला मिला इसारासे ङाआी ताम द्योची” बोलको तामाङ सेलोका साथ सांगीतिक बजारमा आएकी छन् । शव्द संगीत विशाल काल्तान र स्वर पूजार र काल्तान दुवैको रहेको उक्त गीतले माया प्रेमको एक अर्का विचको भाव दर्शाएको छ । यो गीतले केटा केटीमा हुने माया प्रेम अनी सदभाव दर्शाएको छ । हाम्रो समाजमा हुने गरेका ठट्यौली पारामा एक अर्कालाई प्रेम दर्शाउने परम्परालाई संगीतका माध्यमवाट यस सेलोले प्रस्तुत गर्न खोजेको छ ।