ट्रमा सेन्टरबाट हाम्फालेर आत्महत्या

439

काठमाडौँ,  वीर अस्पतालमा रहेको ट्रमा सेन्टरको छैटौँ तलाबाट हाम्फालेर अमेरिकी नागरिकले आत्महत्या गरेका छन् ।

आज साँझ ५ः४० बजे अस्पतालको छैटौँ तलाबाट हाम्फालेर अमेरिकी नागरिक ५२ वर्षीय जोनले आत्महत्या गरेका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता मोहनकुमार थापाले उपचारका लागि भर्ना भएका जोनले एक्कासि छैटौँ तलाबाट हाम्फालेर आत्महत्या गरेको जानकारी दिनुभयो । उनको पूरा नाम भने अझै खुल्न नसकेको प्रहरीले जनाएको छ ।