मेलाको सम्पुर्ण तयारी पूरा
भक्तपुर । नयाँवर्षको अवसरमा भक्तपुरमा चौथो भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार मेला भोली देखि सुरु हुने भएको छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज व्याण्डले आयोजना गर्ने मेला आगामी चैत्र २३ गतेदेखि बैशाख ३ गतेसम्म ११ दिने मेला आयोजना हुने भएको हो ।
उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले नयाँवर्षको अवसरमा बृहत औद्योगिक तथा व्यापार मेला आयोजना गर्न लागेको संस्थाका अध्यक्ष सन्दिप महतले बताउँदै मेलाको सम्पुर्ण तयारी सम्पन्न भएको बताउनुभयो ।
मेलामा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने सम्पूर्ण दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरु, बिभिन्न्न प्रकारका लत्ताकपडाहरु, जुत्ताहरु, कृषि तथा हस्तकलाका सामाग्रीहरु, भाँडाकुडाका सामाग्रीहरु, पर्यटन प्रवद्र्धन गर्ने स्टल रहनेछ ।
मेलाका संयोजक दिपक थापाले अटोमोवाईल, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, बिभिन्न ब्राण्डका मोवाईल, ईलेक्ट्रोनिक्स सामानहरुको स्टल रहने बताउनुभयो । मेलामा बिक्री गरिने सामानहरुमा २५ प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट दिने ब्यवस्था गरिएको जानकारी दिदै उहाँले मेलामा आउनेहरुका लागि निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरिने जानकारी दिनुभयो ।
मेलामा बाल उद्यान, रोटी पिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु, बालबालिकाको खेल सामाग्रीका साथै चार दर्जनभन्दा बढि राष्ट्रिय स्तरका कलाकारहरुको हाँस्य व्यङ्ग्य सहितका मनोरञ्जनात्मक प्रस्तुती रहने छ ।
हरेक दिन व्याण्ड प्रतियोगिता, डान्स प्रतियोगिता, तथा बि–बोईङ प्रतियोगिता र अन्य मनोरञ्जनात्मक कार्यक्रमहरुको समेत आयोजना हुने मेलामा भक्तपुर, काठमाण्डौ, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका वासिन्दा यसबाट लाभ लिन सक्ने छन् ।
मेलामा २०० भन्दा बढि स्टल रहने छन् ।