नयाँ बर्षका अवसरमा रोयल डाइनेष्टीमा बृहत साँस्कृतिक कार्यक्रम हुने

1695

भक्तपुर । नयाँ बर्षको अवसरमा सुर्यविनायक नगरपालिका वडा नम्वर ६ स्थित रोयल डाइनेष्टी भिलेज रेष्टुरेन्ट पाण्डुवजार हाईटमा वृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ ।
नेपाली गीत संगीतमा ख्याती प्रप्त कलाकारहरु वाट नयाँ बर्षको पुर्व सन्दया चैत ३० गते साँझ वृहत साँस्कृतिक कार्यक्रम हुने भएको हो ।
कार्यक्रममा एसियन कम्पिटिसन टपर आसुसेन लामा , भाईरल भई दियोका गायक मानस राज , फस्ट लेडी स्टार द व्याण्डकी झरना गुरुङ्ग , भाइरल भईदियोकी डान्सर दिक्ष ठकुरी , एन्जेला रेग्मी , लाईभ ब्याण्ड राहित एण्ड द ब्याण्ड कपिल कसपाल, वी वोईङ रोयल ब्रेकर ग्रुप, बेली डान्सर विनु साक्य लगाएतकाको दमदार प्रस्तुति रहने रोयल डाइनेष्टी भिलेज रिसोर्टका अध्यक्ष बावु थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार हाल भक्तपुरमा अलग पहिचानका साथ आफ्नो सेवा विस्तार गर्दै आएको रोयल डाइनेष्टी भिलेज रिसोर्टले नयाँ बर्षको अवसरमा लाइभ मिउजिकल कार्यक्रम गर्न लागेको बताउनुभयो ।
भक्तपुरमा होटल ब्यवसायले फड्को मारेपनि हाल पनि भक्तपुरमा सांगीतिक माहोलले भने खासै माहोल जमाउन सकेको छैन ।यसैलाई मध्यनजर गर्दै नयाँ बर्षका अवसरमा सांगीतिक माहोलका लागि काठमाण्डौ सम्म धाउने सेवा ग्राहिका लागि मध्यनजर गर्दै आफुहरुले नयाँ वर्षको अधिल्लो रात रोयल डाइनेष्टीमा मिउजिकल लाईभ कार्यक्रम गर्न लागेको बताउनुभयो ।

कार्यक्रम साँझ ६ बजेदेखि रात १ बजे सम्म चल्ने छ ।