‘गल्ती गर्ने प्रहरीलाई दोव्वर सजायँ ’

950

बलराम प्यासी
काठमाडौं ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख, वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपि) विश्वराज पोखरेलले काठमाडौंका विभिन्न टोल र गल्लीहरुमा होटेल, लज र गेष्टहाउस व्यवसाय गर्ने भनेर खोलेर वेश्यावृत्ति गर्ने÷गराउने कसैलाई पनि नछोडने बताएका छन् ।
‘पछिल्लो समयमा काठमाडौंका विभिन्न ठाउँमा वलात्कार र हत्याका घटना बढ्दै गएको र त्यस्ता घटना यीनै होटेल, लज र गेष्टहाउसमा हुने गरेका व्यभिचार र वेश्यावृत्तिका कारण बढेको हो’ भन्ने प्रहरीको ठम्याई रहेको पनि उनले प्रष्ट पारे ।
महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर तथा सामुदायीक सेवा केन्द्र १०, ३१ र ३२ वडाद्वारा संयुक्त रुपमा ती तीनैवटा वडामा शान्तिसुरक्षाका विषयमा आयोजित संयुक्त अन्तरकृया कार्यक्रमलाई शनिबार तिनकुने, कोटेश्वरमा सम्वोधन गर्दै एसएसपि पोखरेलले आफ्नो नेतृत्वमा रहेको काठमाडौं प्रहरीले गुण्डा, तस्कर र व्यभिचारको काम गर्ने कसैको संरक्षण नगर्ने मात्रै होइन उनीहरुलाई नछोड्ने पनि प्रष्ट पारे ।
‘पेशा एउटा गर्छु भनेर व्यवशाय खोल्ने, अनि काम अर्कै गर्ने ?’ एसएसपि पोखरेलले भने—‘लज र होटेलभित्र कुर्कम हुन्छ, अनि यीनै कुकर्मका कारण समाजमा अन्य थुप्रै विकृति र विसंगतीहरु फैलिराखेको छ ।’
यस्तो खराव काम गर्ने अपराधि प्रवृत्तिका मानिसलाई प्रहरीले पक्रेपछि छुटाउन सिफारिस नगर्न पनि उनले सम्वन्धित राजनैतिक दलका नेतालाई चुनौति दिए । ‘जसले यस्ता खराव मानिसको सिफारिस गर्छ, उ पनि त्यसको मतियार हो’ उनले भने ।
पछिल्लो समयमा सामाजिक सञ्जाल अनुशासनको दायराभन्दा बाहिर गएको उल्लेख गर्दै एसएसपि पोखरेलले समाजमा अहिले वेथिति र बेइमानको वाहुल्यता रहेको र आफुले यसको निराकरणको लागि जुनसुकै एक्सन लिन पनि तयार रहेको बताए । उनले भने ‘म अपराध, अपराधी, तस्कर र वेथिति विरुद्ध निर्दयीपुर्वक लड्छु ।’
सरकारले प्रहरीलाई समाजमा शान्ति सरुक्षा स्थापनाको लागि कानुन, पोशाक र हतियार दिएको प्रष्ट पार्दै पोखरेलले अन्य व्यक्तिभन्दा यस्तो अधिकार सम्पन्न प्रहरीहरु बढी जिम्मेवार हुनुपर्ने बताए । यस्तो जिम्मेवारी बोकेको प्रहरीले अधिकारको दुरुपयोग गरेमा उसलाई अरुलाई भन्दा ‘दोव्वर’ सजायँ हुनुपर्ने पनि उनको राय थियो ।
महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर को कार्यक्षेत्रभित्र पर्ने काठमाडौं महानरगपालिकाका १०, ३१ र ३२ गरी तीनैवटा वडाको शान्ति सुरक्षाको व्यवस्था सवल र सक्षम बनाउन वृत्त प्रमुख र मातहतका प्रभाग प्रमुखहरुलाई निर्देशन दिँदै काठमाडौं प्रहरी परिसर प्रमुख पोखरेलले झुपडी, सडक र महलबाट आउने सबैप्रकारका नागरिकलाई समान व्यवहार गरि उनीहरुको समस्या सुनेर समाधान गर्न पनि निर्देशन दिए ।
कार्यक्तममा वृत्तका प्रमुख प्रहरी नायव उपरिक्षक रवि कुमार पौडेल, महानगरीय ट्राफिक प्रहरी प्रभागका प्रहरी निरिक्षक सुवेश अधिकारीले आफ्नो क्षेत्रका शान्ति सुरक्षाका व्यवस्था तथा ट्राफिक जाम समस्याको समाधानबारे आआफ्नो विचार व्यक्त गरे ।
सामुदायीक सेवा केन्द्र ३१ का अध्यक्ष प्रा.डा.बासुदेव त्रिपाठीको सभापतित्वमा सम्पन्न कार्यक्रममा महानगरपालिकाको वडा नं १० का अध्यक्ष राजकुमार केसी, ३२ की सदस्य हिरादेवी पोखरेल, कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ का अध्यक्ष कुन्दन खडका, ८ का अध्यक्ष कृष्ण चापागाइ, पुर्व प्रहरी अतिरिक्त महानरिक्षक रमेश श्रेष्ठलगायतले टोलमा शान्ति सुरक्षा कायाम गर्न प्रहरी र समाजका सबै वर्गको सहयोगको खाँचो औंल्याए ।