काठमाडौं ।
विभिन्न कार्यक्रम गरी काठमाडौंको शान्तिनगरस्थित बेबिलोन नेशनल स्कुलले स्थापनाको २३ औं वार्षिकोत्सवको अवसरमा पाठेघरको क्यान्सर सम्बन्धी शिविरको आयोजना गरेको छ ।
यस्तै ‘समय समयमा स्वास्थ्य परीक्षण गरौँ, क्यान्सरजस्तो घातक रोगबाट बचौँ ’ भन्ने मूल नाराका साथ शनिबार नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर जावलाखेल, ललितपुरको सहयोगमा आयोजित सो निःशुल्क शिवीरमा करिब ३ सय जना महिलाको पाठेघर क्यान्सरसम्बन्धी परीक्षण गरिएको थियो ।
प्रिन्सिपल राजु राईका अनुसार विद्यालयको उत्कृष्ट शिक्षण सिकाइका साथै सामाजिक उत्तरदायित्वका रूपमा विद्यालयले सो निःशुल्क शिवीरको आयोजना गरिएको विद्यालयका संस्थापक प्रिन्सिपल राजु राईले बताए ।
शिवीरमा सो अस्पतालका विशेषज्ञ चिकित्सक र स्वास्थयकर्मी गरि ९ जनाको टोलीले निशुल्क स्वास्थय जाँच गरेका थिए भने स्काउट विद्यार्थीले स्वयंसेवक र शिक्षिकाहरूले आवश्यक सहयोग गरेका थिए ।