सुडालका दुई निजी विद्यालय एक

1604
  1. भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ८ सुडालमा रहेका दुई निजी विद्यालय एक भएका छन । आरक्षण नेशनल एकेडेमीको तेस्रो बार्षिकोत्सव तथा अभिभावका दिवसका दिन हिम भानु इङलिस स्कुल र आरक्षण एक भएका हुन् ।
    विगत १२ वर्ष देखि निरन्तर रुपमा संचालन हुँदे आएको हिम भानु र आरक्षणको उदेश्य केवल शिक्षालाई नै गुणस्तरिय कसरी बनाउने भन्ने भएका कारण नै यि दुई विद्यालयलाई एक बनाईएको हिम भानुका प्रन्सिपल चन्द्रप्रकास हेम्वाले बताउनुभयो । उहाँका अनुसार अवका दिनमा छिमेकमा रहेका विद्यालयले अनावश्यक प्रतिस्पर्दा भन्दा मिलेर नै बढि भन्दा बढि सफलता हाँसिल गर्न सक्ने भएकाले अन्य क्षेत्रमा पनि यसै गरि मिल्नु आवश्यक भएको बताउनुभयो ।
    यस्तै आरक्षणकी प्रन्सिपल सर्मिला खड्काले दुई विद्यालय एक भएपछि अव सुडालमा विद्यालय विद्यालय विचमको अनुत्पादक प्रतिष्पर्दाको अन्त्य भएको बताउँदै अव हाम्रो प्रतिष्पर्दा केवल जिल्लामा अलग एवं पृथक ढंगले शिक्षा कसरी दिन सकिन्छ भन्ने नै रहेको बताउनुभयो । ग्रामिण भेगको विद्यालय भएपनि जिल्लामा आफ्नो प्रतिनिधित्व कसरी मजवुत बनाउन सकिन्छ भनी नै दुई छिमेकी एक भएको समेत उहाँले वताउनुभयो ।
    अभिभावक दिवस एवं बार्षिकोत्सव कार्यक्रममा विद्यार्थीहरुले विभिन्न कला कौसलको प्रस्तुती गरेका थिए ।