शर्मिला स्याङतान सहयोगार्थ १५ लाख हस्तानतरण

392

भक्तपुर । शान्तीका दुत बुद्द नेपालमा जन्मेका हुन् भन्ने सन्देश विश्वको सर्वोच्च शिखर सगरमाथामा लैजान लागेकी शर्मिला स्याङतानको सहयोगार्थ १५ लाख ५ हजार १५३ रुपैंयाँ हस्तानतरण गरिएको छ । थोकर फिल्मस् प्रालिको आयोजनामा यहि माघ १३गते देखि संचालन भएको सहयोग कार्यक्रमवाट संकलन भएको रकम आज भक्तपुरमा पत्रकार सम्मेलन गर्दै हस्तानतरण गरिएको हो ।
बुद्द सन्देश साथै तामाङ समुदायवाट दोस्री सगरमाथा आरोही शर्मिलाको सहयोगार्थ थोकर फिल्मस् प्रालिले माघ देखि संचालन गरेको कार्यक्रममा विभिन्न सहयोगी हातहरुवाट संकलन भएको रकम आफुहरुले हस्तान्तरण गरेको प्रालीका अध्यक्ष विकु थोकरले बताउनुभयो । उहाँले सम्पुर्ण सहयोगी हातहरुमा धन्यवाद दिदै शर्मिला प्रति शुभकामना पनि ब्यक्त गर्नुभएको थियो ।
निर्देशक तथा कलाकर्मी प्रकास सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त हस्तान्तरण कार्यक्रममा उहाँले शर्मिला जस्ता नारीहरुका कारण नै आज हाम्रो देशको गौरभ बढेको बताउँदै उहाँ प्रती शुभकामना ब्यक्त गर्नुभएको थियो ।
अतिथि कुमार आलेक्स ,पदम लामा आलेक्स ,सुदिन दोङ लगायत आसन्न अतिथिहरुले शर्मिला प्रति शुभकामना दिदै आगामी दिनमा अन्य सामाजिक काम गर्न पनि प्रेरण मिलोस भन्ने कामना गर्नुभएको थियो ।
सहयोग रकम लिदै सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद अनि उहाँहरुको मायाँ अनी ममताको आफुले कदर गर्ने सगरमाथा आरोही शर्मिला स्याङतानले प्रतिवद्ता समेत गर्नु भएको थियो ।
थोकर फिल्मस्ले आज देखि शर्मिलाको सहयोग कार्यक्रम पनि समापन भएको समेत जनाएको छ ।