हर्मन माइनरका विद्यार्थी दिक्षित

293

भक्तपुर । एसओएस हर्मन माइनर विद्यालय सानोठिमीमा नर्सरी र केजी कक्षा उतिर्ण गरेका विद्यार्थीहरु दिक्षित भएका छन । मध्यपुर ठिमि नरगपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ तथा विद्यालयकी प्रिन्सिपल रञ्जना बजगाईले उतिर्ण विद्यार्थीलाई दिक्षित गर्नुका साथै पुरस्कार समेत वितरण गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरुले कविता वाचन नृत्य, गायन, जिम्नास्टिक प्रस्तुत गर्नुका साथै भाषण समेत गरेका थिए ।

त्यस अवसरमा विद्यार्थीका अभिभावकहरुले शिक्षक शिक्षिकालाई उपहार दिएर सम्मान पनि गरेका थिए । साना नानीहरुलाई राम्रो स्याहार सुसार गर्दै शिक्षा दिएको भनेर शिक्षकशिक्षिकालाई सम्मान गरिएको हो ।