बलराम प्यासी
काठमाडौं ।
यतीखेर करियर विल्डि¨ इन्टरनेशनल एकेडेमी, पेप्सीकोला टाउनप्लानि¨का ७ र ८ कक्षाका विद्यार्थी रोबोट र रोबोटिक्स लगायतका विज्ञानप्रविधिका पछिल्ला विकास जान्न आतुर देखिन्छन ।
आफ्नै विद्यालयमा नेदरल्याण्ड्सको ऐनदोवेनस्थित ‘लोरेन्ज कासिमिर लाइसियम स्कुल’का १० कक्षाका ९ विद्यार्थीले उनीहरुलाई अलग अलग समूहमा राखेर विज्ञानप्रविधिका पछिल्ला विकासबारे आफुले सिकेका ज्ञान र अनुभव बाँड्न नेपाल आएका छन ।
‘फस्र्ट लेगो लिग’ नामको सो कार्यक्रमका लागि नेदरल्याण्ड्सको लाइसियम स्कुलकी प्रशिक्षक लिन्दा बार्नतको नेतृत्वमा नेपाल आएका ९ विद्यार्थीमा सना, इना, यन्ना, एलिजा, वियोन, रेन्स्का, योकम, युप र लुकास छन् ।
चीन, अमेरिका, भारत, रसियालगायत संसारका ८२ देशपछि नेपालमै पहिलोपटक ल्याइएको ‘खेल्दै सिक्ने’ त्यसप्रकारको विज्ञानप्रविधि सम्वन्धि ‘ज्ञानर्वद्धक कार्यक्रम’मा सहभागी हुन विद्यालयका २४ विद्यार्थीमात्रै हैन, अन्य कक्षाका विद्यार्थी पनि आतुर देखिएका थिए । उनीहरुको पालो केहीदिनपछि आउने विद्यालयका प्रिन्सिपल हेम राईले बताए ।
केही दिन अघि नेपाल आएका ति विद्यार्थीले विज्ञानप्रविधिमा चासो राख्ने करियर स्कुलका विद्यार्थीलाई आफुसंगै ल्याएका ल्यापटप र आइप्याडमा कम्प्युटर प्रोग्रामिंग राखेर रोबोट, रोबोटिक्स, लेगो (प्लाष्टिकबाट बनेको एकप्रकारको सासाना खेलौना इँटा) को प्रयोग गरि धेरै काम गर्न सकिने ज्ञान वाँड्दै आएका छन् ।
उनीहरुले बुधबारदेखि करियर स्कुलका विद्यार्थीलाई विज्ञानप्रविधिका ज्ञान बाँड्दैै नेदरल्याण्ड र नेपालको शिक्षापद्धतिबारे आफुहरु पनि सिकिराखेका छन् ।
भोलुन्टर सर्भिस नेपाल (भिएसएन) नामक संस्थामार्फत नेपाल आएका ९ विद्यार्थी, ४ अभिभावक, एक शिक्षक र एक संयोजक गरि १५ जनाको समूहले थप १० दिन विद्यालयमा बसेर नेपाली विद्यार्थीलाई विज्ञानप्रविधिका विषयमा धैरै व्यवहारिक ज्ञान दिने कार्यक्रम रहेको विद्यालयले जनाएको छ ।
त्यसपछि उनीहरुले विद्यालयका अन्य विद्यार्थीलाई सिकाउन आफुसंग ल्याएका करीव २५ लाख रुपैया (२० हजार युरो) बराबरका १६ थान रोबोट, ४ आइप्याड, ४ ल्यापटप, मेशिन तथा लेगोहरु विद्यालयमै छोडेर जानेछन ।
‘यी सामानहरु हामीले यहीँ (करियर) स्कुलमा छोडेर जाँदैछौ, ताकि विद्यालयका अरु विद्यार्थीले पनि रोबोटमार्फत विज्ञान प्रविधिका कुराहरु सिक्न सकून’ लेगो फर नेपाल कार्यक्रमकी संयोजक नेदरल्याण्डकी स्वयम्सेवक एन्जेला वेलिंकले भनीन ।
भोलुन्टर सोसाइटी नेपाल (भिएसएन)की नेदरल्याण्ड संयोजक लिन्दा रिचको पहलमा एन्जेलाले नेदरल्याण्ड, ग्रीस र अमेरिकाका विभिन्न दाता र संघसंस्थासंग समन्वय गरि विज्ञानप्रविधि सम्वन्धि ती उपकरण नेपाली विद्यार्थीका लागि उपहार ल्याएकी थिइन ।
‘कितावी ज्ञान भन्दा बाहिरको सोचाई र सिर्जनशिलता भएका नेपाली विद्यार्थीलाई विज्ञान प्रविधिप्रतिको चासोलाई मुर्तरुप दिन, समूहमा मिलेर काम गर्ने वातावरण सिकाउन र रोबोटसम्वन्धि नयाँ खोज तथा अनुसन्धानका लागि’ ‘उपहार’ ल्याएको एन्जेलाले बताइन् ।
विद्यालयका संस्थापक अध्यक्ष तेज श्रेष्ठले विज्ञान प्रविधिप्रति विद्यार्थीको आकांक्षालाई व्यवहारमा उतार्न ‘फस्र्ट लेगो लिग’ ले निकै सघाउ पुर्याउने बताए ।
१० दिनपछि स्वदेश फर्किनुअघि नेदरल्याण्ड्सका विद्यार्थीले करियरका विद्यार्थीले दुईहप्तासम्म सिकेका कुरा समूहगत प्रतिष्पर्धाको आयोजना प्रस्तुत गर्ने कार्यक्रम रहेको संस्थापक अध्यक्ष श्रेष्ठले बताए ।
नेदरल्याण्ड्सका विद्याथर््ीले भने करियर स्कुलका विद्यार्थीसंग नेपालको शिक्षण विधि, नेपाली कला संस्कृति र रहनसहन सिकेर जाँदैछन ।