भक्तपुर । एभरेस्ट इंगलिस स्कुल मिवाछेंमा नयाँ शैक्षिक सत्रका लागि भर्ना भएका नयाँ विद्यार्थीहरुको स्वागतमा पुराना विद्यार्थीहरुले सांगितिक कार्यक्रम सहित स्वागत गरेका छन् ।
कार्यक्रममा नयाँ विद्यार्थीहरुको स्वागत गर्दै विद्यालयका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले विद्यालयले ३५ वर्षको अवधिमा हासिल गरेका उपलव्धिबारे चर्चा गर्नुभयो । उहाँले नयाँ विद्यार्थीका अभिभावकहरुलाई विद्यालयको नियम तथा आचारसंहितको बारेमा जानकारी गराउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला शिक्षा अधिकारी अर्जुनबहादुर रायमाझि, वडाध्यक्ष प्रेमगोपाल कर्माचार्य तथा शिक्षक अभिभावक प्रतिनिधि, व्यवस्थापन समितिका पदाधिकारीलगायतले बोलेका थिए ।
त्यस अवसरमा अभिभावकहरुलाई विद्यालयका शिक्षक एवम् कर्मचारीहरुको पचिय गराइएको थियो भने विद्यार्थीहरुले विभिन्न नृत्य तथा संगित प्रस्तुत गरेका थिए ।






































