काठमाडौं । जागीर दिन्छु भन्दै प्रलोभनमा पारेर धर्म परिवर्तन गर्न दबाब दिदै हिड्ने राधिका महर्जन, फुलदेवी भट्टराई र सुमित्रा गौलीलाई अदालतको कठघरामा उभाइएको छ । केही दिन अघि हिन्दु जागरणको पहलमा स्वयम्भू काठमाडौ चौकिमा उजुरी दिए पश्चात् पक्राउ परेका उनीहरुलाई नेपालको संविधान अनुरुप कारवाहीको दायरामा ल्याईएको हो ।
पक्राउ परेकाहरुलाई छुटाउन र दुबै पक्षलाइ मिलापत्र गर्न र मुद्दा नचलाउन इसाइका पास्चरहरु र केही नेतृत्वका नजिककाले चौकिमा दबाब दिए पनि हिन्दु जागरणका सदस्यहरुको सशक्त सकृय भुमिकाले आज मिलापत्र नगरी आईतवार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएको छ ।
जाहेरी दर्ता गरि मुद्दा दर्ता पश्चात ती धर्म परिवर्तनकारीहरुलाई म्याद थपको लागि जिल्ला अदालत काठमाडौ लगेको जानकारी प्राप्त भएको छ ।
हिन्दू जागरणले हिम्मत गरे जस्तै अन्य संस्थाले पनि सकृयता देखाए सजिलै धर्म परिवर्तन मुक्त नेपाल बन्ने हिन्दु जागरणका स्वयमसेवक धुर्व लुईटेल संवाहकलाई बताउँनुहुन्छ ।
धर्म परिर्वतन सम्वन्धी नेपालको संविधानले स्पस्ट रुपमा गर्न गराउन नपाउने बन्दोवस्त गरेको भएपनि क्रिस्चियन मिसिनेरीकाहरुले विभिन्न प्रलोभनमा पारी सर्वसाधारणलाई धर्म परिर्वतनमा बाध्य बनाउने अवान्छनिय कार्य गरेको उहाँको आरोप रहेको छ जसको समाधान केवल कारवाही भएको उहाँ बताउनुहुन्छ ।