चाँगुनारायण/
नेपाल रेडक्रस सोसाइटी सुडाल उपशाखाले आफ्नो १५ औं स्थापना दिवसका अवसरमा उपशाखाका पूर्व सभापतिहरुलाई सम्मान गरेको छ ।
सम्मानित हुने उपशाखाका पूर्वसभापतिहरु अच्यूतम सुकमनी, स्व.शिव शंकर श्रेष्ठ, सन्तराम दुलाल र निवर्तमान सभापति कृष्णप्रसाद नेपाल रहनुभएको छ ।
चाँगुनारायण नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष परासर सापकोटाले उपशाखा सभालाई सम्बोधन गर्दै रेडक्रसले भूकम्पपछि गरेको कार्य प्रशंसनीय रहेको बताउँदै सहयोग रकमबाट प्रभावितको जिविकोपार्जनमा सहयोग पुग्ने बताउनुभयो । उहाँले रेडक्रसको सहयोगमा वडाको विपद् प्रतिकार्य योजना तयार भएको र त्यसको प्रचार प्रसार तथा व्यवस्थानमा वडा कार्यलयले नेतृत्वदायी भूमिका खेल्ने बताउनुभयो ।
भूकम्प पछि लगतै उद्धार शुरु गरेको भक्तपुर रेडक्रसले जिविकोपार्जन, स्वास्थ्य, खानेपानी तथा सुरक्षित पुनर्निर्माणका क्षेत्रमा काम गरिरहेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सभापति मनोज कुमार थापाले बताउनुभयो ।
उपशाखा सभाको अवसरमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडालमा भूकम्प प्रभावित दुई सय सात परिवारलाई आयआर्यजनका लागि पहिलो किस्ता स्वरुप प्रतिपरिवार दश हजारका दरले वितरण गरेको छ । यसअघि वडाका दुई सय ९३ परिवारलाई प्रति परिवार दुई किस्तामा २० हजारका दरले वितरण गरिसकेको छ । सहयोग रकम लिने प्रभावितहरुले व्यवशायिक तरकारी खेती, पसल, पशुपालनलगाएतका कार्यहरु गरिरहनुभएको छ ।
उपशाखाका सभापति विदुर नेपालको सभापतित्वमा भएको सभाले सचिव विक्रम थापा तथा कोषाध्यक्ष बलराम तिमिल्सिनाले प्रस्तुत गरेको प्रतिवेदन तथा भावी कार्ययोजना पारित गरेको छ ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरका मन्त्री परशुराम पाण्डे, कोषाध्यक्ष प्रदिप कुमार के.सी., उपमन्त्री शिवहरी के.सी., भूकम्प प्रतिकार्य कार्यक्रम जिल्ला संयोजक क्षितिज आचार्य, सरस्वती माध्यामिक विद्यालय र पञ्चकन्या माध्यामिक विद्यालयका क्रमशः इन्द्रमणी गिरी, सन्तराम दुलाल, सुडाल प्रहरी प्रभाग प्रमुख प्रेम कुवँरलगाएतको उपस्थिती रहेको थियो ।