भक्तपुर । वागीश्वरी माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०७५ मा भर्ना भएका कक्षा ७ सम्मका नवागन्तुक विद्यार्थीहरूलाई स्वागत कार्यक्रम, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम बैशाख २७ गते बिहिबार सम्पन्न भएको छ ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले विद्यार्थीहरूको शैक्षिक, स्वास्थ्य, अतिरिक्त क्रियाकलापमा सकारात्मक परिवर्तनको लागि विद्यँलयले कुनै पनि कन्जुस्याई नगर्ने बताउनुभयो ।
विद्यालयले समय समयमा स्वास्थ्य परीक्षण गर्दै आएको, खेलकुद शिक्षकको व्यवस्था गरेको छ उहा“ले भन्नुभयो ।
विद्यालयका सहायक प्रधानाध्यापक ज्ञानसागर प्रजापतिले वागीश्वरीले अहिलेसम्म सरकारको मुख नटाकी आफ्नै बलबुत्तामा उठेकोले यसको श्रय विद्यार्थी, अभिभावक र शिक्षकमा जान्छ भन्नुभयो ।
जग्गालाई मात्र गुणस्तर मापनको मापदण्ड बनाई गुणस्तरलाई अवमूल्यन गर्नुले सरकारको हेय दृष्टि पुष्टि हुन्छ उहा“ले भन्नुभयो ।
कार्यक्रममा शैक्षिक वर्ष २०७४ को वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थीहरूलाई प्रधानाध्यापक धन्छाले पुरस्कार वितरण गर्नुभएको थियो ।
कार्यक्रममा शिक्षकहरू कृष्णमान मलेपति, कृष्णभक्त लघु, राजन लाखा, मिना प्रजापति, अम्बरदली श्रेष्ठ र विद्यार्थी खुसी राईले नवागन्तुक विद्यार्थीहरूलाई स्वागत गर्नुभएको थियो ।
औपचारिक कार्यक्रम पश्चात् विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुती पनि देखाएका थिए ।