युरो किड्समा नर्सिङ्ग दिवस

437

भक्तपुर । अन्तर्राष्ट्रिय नर्सिंग दिवसको अवसरमा युरो किड्स सल्लाघारीका साना विद्यार्थीलाई नर्स, नर्सिङ्ग पेशालगायतका विषयमा जानकारी गराइएको छ ।
विद्यालय

की प्रिन्सिपल विनु गोदार थापाका अनुसार अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवसको अवसर पारेर विद्यार्थीलाई परिवारमा दाजुभाई, दिदीवहिनी, हजुरबुबा हजुरआमा, ड्याडी ममीविरामी पर्दा उहाँहरुको रेखदेखका लागि गर्नुपर्ने सेवाका विषयमा व्यवहारिक ज्ञान दिइएको हो ।

युरो सिनीयरदेखि कक्षा १ र २ का विद्यार्थीलाई अभिनयमार्फत नर्स र विरामी बनाई परिवारका कुनैपनि सदस्य साधारण विरामी पर्दा थर्ममिटरबाट ज्वरो नाप्ने तरीका, डाक्टरले लेखेको औषधि खुवाउने तरीका, विरामीलाई पानीपट्टी लगाउने र खानेकुरा खुवाई आवश्यक रेखदेख गर्न सिकाइएको विद्यालयका प्रवन्ध निर्देशक नवराज काफ्लेले बताउनुभयो ।
विरामीलाई अस्पताल नै लैजानुपरेमा नआत्तिकन घरबाट एम्बुलेन्सलाई टेलिफोन गरी बोलाउन पनि विद्यार्थीलाई सिकाइएको थियो ।
शिक्षिक सम्जना बस्नेतको संयोजकत्वमा आयोजित सो कार्यक्रमका लागि विद्यालयले नागरिक सामुदायिक अस्पतालबाट एकजना नर्स लगेर विद्यार्थीलाई विरामी जाँच्ने यन्त्र स्टेथस्कोप, थर्ममिटर, औषधि, नर्सले लगाउने एप्रोनलगायतका विषयमा पनि जानकारी गराइएको थियो ।


कार्यक्रममा नर्सिङ्ग पेशाको शुरुवात गर्ने फ्लोरेन्स नाइटिंगेल र उनले गरेको विरामीको निश्वार्थ सेवाबारे विद्यार्थीलाई जानकारी गराइएको थियो । विद्यार्थीलाई कितावीमात्रै नभई सानैदेखि व्यवहारिक ज्ञान दिने उद्धेश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।