राष्ट्रिय पाठ्यक्रम प्रारुपको मस्यौंदा सार्वजनिक

1529

बलराम प्यासी
काठमाडौं ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदको बैंठक आइतबार सम्पन्न भएको छ । बैंठकमा ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५’ को मस्यौंदामाथि छलफल भएको सो मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदका सदस्यहरुको सहभागिता रहेको बैंठकले परिषदका सदस्यहरुबाट प्राप्त सुझावलाई समेटेर राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५ को मस्यौंदालाई थप परिस्कृत गरी सम्बन्धित सबै सरोकारवालाको राय सुझावको लागि सार्वजनिक गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएको छ ।
यसअघि विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप भन्दा हाल छलफलमा ल्याइएको प्रारुपको मस्यौंदामा वालवालिकाको सिकाईलाई खण्डिकृत हुन नदिई अन्तर सम्बन्धित बनाउन र सिकाईलाई जिवन पद्धतिसंग जोड्न १ देखि ३ कक्षासम्म बिषय क्षेत्र (थिम) मा आधारित एकिकृत पाठ्यक्रम विकास गर्ने उल्लेख गरिएको छ । साथै संघीय संरचनामा संघ, प्रदेश र स्थानिय सरकारको पाठ्यक्रम सम्बद्ध भूमिकालाई पनि परिभाषित गरिएको मन्त्रालयले जनाएकोछ ।
त्यस्तैं पाठ्यक्रम प्रारुपमा माध्यमिक तह ९ देखि १२ कक्षासम्मका लागि एकल पथीय (वान वे) ढाँचाको पाठ्यक्रम विकास गरिएको छ भने माध्यमिक तहको साधारण शिक्षामा समेत रोजगार एवं स्वरोजगारमूलक प्राविधिक÷व्यवसायिक बिषयलाई पाठ्यक्रम ढाँचामा समावेश गरिएको छ ।
त्यस्तै माध्यमिक तह कक्षा ११ र १२ को पाठ्यक्रममा लघु अध्ययन÷अनुसन्धान, व्यवहारिक अभ्यास जस्ता क्रियाकलापलाई पनि नयाँ प्रारुपमा समेटेर पाठ्यक्रम अनुसन्धानमूलक बनाईएको दावी गरिएको छ ।
बैंठकलाई सम्बोधन गर्दै शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपालको संविधानको मर्म, संघीय शासन व्यवस्था अनुसार पाठ्यक्रमको विकास र परिमार्जन गर्न आवश्यक रहेको बताए ।
सो प्रारुप विद्यालय शिक्षाको प्रमुख नीति निर्देशक दस्तावेज भएकोले विभिन्न क्षेत्रका विज्ञ एवं सम्बद्ध पक्षको व्यापक सहभागितागरी सबैंबाट प्राप्त सुझाव समेतका आधारमा स्वीकृतिको प्रक्रियामा लैंजानुपर्नेमा मन्त्री पोखरेलले जोड दिए ।
गुणस्तरीय शिक्षामा सम्झौंता गर्न नसकिने बताउँदैं मन्त्री पोखरेलले शैंक्षिक गुणस्तर वृद्धीका लागी पाठ्यक्रम महत्वपुर्ण बिषय भएको बताउँदै भने —‘अबको शिक्षा विज्ञानमैत्री हुनुपर्छ र पाठ्यक्रम प्रारुपमा यस्ता बिषयपनि समेट्नुपर्छ ।’
सवैंधानिक व्यवस्था र मुलुकको संघीय संरचनाअनुसार बिद्यालयस्तरिय पाठ्यक्रम सम्बद्ध गतिविधीलाई व्यवस्थित गर्न राष्ट्रिय पाठ्यक्रम प्रारुप–२०७५ ल्याईएको पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले बताए ।
राष्ट्रिय पाठ्यक्रम प्रारुप–२०७५ मा समेटिएका रुपान्तरणका प्रमुख बिषयहरु छलफलका लागि सार्वजनिक गर्ने निर्णय भएको बताउँदैं निर्देशक काप्रीले प्रारुपमा अन्तराष्ट्रिय अभ्यास र राष्ट्रिय आवश्यकताको आधारमा पाठ्यक्रम संरचनामा पाठ्य घण्टा (क्रेडिट आवर) मा आधारित प्रमुख सिकाई क्षेत्रको व्यवस्थापन गरिएको बताए ।