प्रजातान्त्रिक जनस्वास्थ्य संघको अध्यक्षमा महेश्वर श्रेष्ठ

434

काठमाडौं ।

राजधानीमा सम्पन्न ‘प्रजातान्त्रिक जनस्वास्थ्य संघ नेपाल’ को दोस्रो अधिवेशनले आगामी दुईवर्षका लागि धादिंग जिल्लाका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठको अध्यक्षतामा नँया कार्यकारीणी समिति निर्विरोध चयन गरेको छ ।

संघको उपाध्यक्षमा भक्तपुर जिल्ला जनस्वास्थय कार्यालय अन्तर्गत कार्यरत विष्णु भट्ट, महासचिवमा परिवार स्वास्थ्य महाशाखाका चेतराज पण्डीत, सचिवमा एशियन कलेज अफ एडभान्स स्टडिजका लेक्चरर संजीव शाह निर्विरोध चयन भएका छन् । यसैगरि कार्यकारीणी सदस्यहरुमा संजीव शाही, विहारीलाल कुइँकेल र अशोक जोशी छन ।११ सदस्यीय नयाँ कार्यकारीणी समितिमा कोषाध्यक्ष र तीनजना सदस्यहरु मनोनित गर्न बाँकी रहेको अध्यक्ष श्रेष्ठले बताए ।

जनस्वास्थ्य तथा स्वास्थ्य शिक्षा विषयमा स्नातक तथा स्नातकोत्तर उतिर्ण सरकारी, नीजि एवम् गैरसकारी क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरुको हकहीत, सम्र्वद्धन तथा प्रर्वद्धन गर्ने उद्धेश्यले पेशागत संगठनको रुपमा सो संघ स्थापना गरिएको हो ।

नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री दिलेन्द्रप्रसाद वडुले उद्घाटन गरेको सो अधिवेशनमा नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय अध्यक्ष खिलानाथ दाहाल, नेपाल चिकित्सक संघका अध्यक्ष डा.मुक्तिराम श्रेष्ठ, नेपाल जनस्वास्थ्य संघका अध्यक्ष भोगेन्द्रराज डोटेल, सहअध्यक्ष ओम उपाध्याय, संघका निवर्तमान सचिव विनोद जोशीलगायतले बोलेका थिए ।