भक्तपुर। ताथलीमा पनि राष्ट्रिय किसान समूह महासंघको वडास्तरीय समिति गठन भएको छ ।
किसानहरुको हकहितको लागि क्रियाशील उक्त महासंघको वडास्तरीय किसान समूहको भेलाले ताथलीका जयकृष्ण न्हेमाफूकीको अध्यक्षतामा ९ सदस्यीय समिति सोमबार गठन भएको हो । अध्यक्ष न्हेम्हाफूकी ताथली सौडोलको प्रगति कृषक समूहका सचिव हुन् ।
भेलाले समितिको उपाध्यक्षमा शिला बासुकला, सचिवमा सरिता थापा, कोषाध्यक्षमा सुमित्रा खत्री र सहसचिवमा कान्छा श्यामा चयन भएका छन् । त्यस्तै सदस्यहरुमा क्रमशः सानुमाया बाला, शिबकेशरी बनमाला, अर्जुन थापा र राजेन्द्र थापा चुनिएका छन् ।
ताथलीका विभिन्न क्षेत्र र भेगमा रहेका किसानहरुको समूहहरुका प्रतिनिधिहरुको भेलामा चाँगुनारायण नगरपालिका वडा नंं ९ ताथलीका वडाध्यक्ष गणेश त्यातले किसानहरुको हकहित र अधिकारका लागि गठन भएका समूहले सामुहिक भावनाको विकास गर्न टेवा पुर्याउनुपर्नेमा जोड दिए ।
उनले कृषक समूहरुले सामुहिक लगानी गरी कृषिलाई व्यावसायिकरण गरी निर्वाहमुखी कृषिलाई उत्पादनमुखी बनाउनुपर्ने बताए । उनले कृषक समूहरुले सरकारी अनुदानको मात्र लोभ गर्न नहुने पनि बताए ।
भेलाबाट चयन भएका पदाधिकारीहरुलाई महाससंघका केन्द्रीय सदस्य शिवराम रिजालले सपथ ग्रहण गराउँदै किसानहरुको जीवनस्तर उकास्नका लागि महासघ लाग्नुपर्ने बताए ।