काठमाडौं / पेट्रोलको मूल्य फेरि वृद्धि भई प्रतिलिटर १ सय १० रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढेको र इन्डियन आयल कर्पाेरेसन (आईओसी)बाट समेत मूल्य बढेरै आएकाले पेट्रोलको मूल्य बढेको हो ।
नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर १ सय १० रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य ९२ रुपैयाँ प्रतिलिटर पुगेको छ । यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १ सय ८ रुपैयाँ र डिजेल तथा मट्टीतलेको मूल्य प्रतिलिटर ९० रुपैयाँ थियो । पेट्रोलमा प्रतिलिटर ७२ पैसा नाफा रहेको र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ २९ पैसा घाटा रहेको निगम प्रवक्ता गोइतले बताए । यसैगरी, खाना पकाउने ग्याँस, हवाई इन्धनलगायतका इन्धनको मूल्य यथावत् रहेको निगमले जनाएको छ ।