काठमाडौं, नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँगको पार्टी एकतालाई स्वीकृति दिएको छ । माओवादी केन्द्रको बुधबार बसेको पार्टी सचिवालय सदस्यको विस्तारित बैठकले दुई पार्टीबीच हुन एकतालाई अनुमोदन गरेको हो ।
बैठकमा प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको एकताबारेको सहमतिबारे बैठकलाई जानकारी गराएका थिए ।
बैठकमा ब्रिफिङ गर्दै प्रचण्डले बिहिबारदेखि नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुबै पार्टी नरहने समेत जानकारी दिएका थिए, आजको राजधानी दैनिकमा खबर छापिएको छ ।